राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन

 काठमाडौं,भदाै २ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको मंगलबार साँझ ५  बजेर ५५ मिनेटमा उनको कपुरधारास्थित निवासमै निधन भएको पारिवारिक स्रोतले बाएको छ ।राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०१ वर्षको उमेरमा निधन भएको हाे ।

 

उनको जन्म विं. सं. १९७६ असोज ७ गते लमजुङको पुस्तुन गाउँमा जन्मिएका थिए । घिमिरे सरकारले राष्ट्र कविको उपाधी दिएका कवि हुहन्छ।  घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली अपनाएर साहित्य सिर्जना गर्ने साहित्यकारका रूपमा चिनिन्छन् ।

 

नेपाली साहित्यमा कविता, खण्डकाव्य, गितिनाटक, कथा, गीत, अनुवादमा उनले कलम चलाएका छन् । उनका नवमञ्जरी, घामपानी, नयाँ नेपाल, किन्नर–किन्नरी कविता संग्रह प्रकाशित छन् ।

 

गौरी खण्ड काब्य उनको चर्चित पुस्तक हो ।उनले कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेख-प्रबन्धजस्ता अनेकौं विधा-उपविधाहरूमा सिर्जना दिँदै आइरहेका थिए  ।