भोलिदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा

काठमाडौं,भदाै २ । काठमाडौं उपत्यकाका तीन जिल्लामा बुधबारदेखि निषेधाज्ञा लगाइने भएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला सुरक्षा समितिको मंगलबार साँझ बसेको संयुक्त बैठकले सो निर्णय गरेको हो।

 

पछिल्लो समयमा देशभर कोरोना संक्रमण फैलिदै गएको छ भने उपत्यकामा पनि उच्च संख्यामा कोरोना संक्रमित थपिएका छन् । लकडाउन जारी भएपछि अत्‍यावश्यक सेवाबाहेक अरु सेवाहरु बन्द हुने छन् ।