सुनकोशी नदीले बगाउँदा बालक वेपत्ता

सिन्धुली,भदाै ८ । सिन्धुलीको सुनकोशी नदीले बगाउँदा एक बालक बेपत्ता भएक छन् ।  सुनकोशी नदीमा माछा मार्न गएका गोलन्जोर गाउँपालिका वडा नं. २ कुखुरेटारका राम बहादुर माझीका १२ बर्षका छोरा माधब माझी नदिले बगाई बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

 

बालकलाई नदीले बगाएको भन्ने खबर प्राप्त हुना साथ प्रहरी टोली, बालकका आफन्त र स्थानिय मिलेर खोजी कार्य भईरहेको भएपनि अहिले सम्म बालक फेला नपरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायवउपरिक्षक श्याम बहादुर खत्रीले जानकारी दिनुभयो ।