ललितपुरको पाटन अस्पतालमा थप २ जना कोरोना संक्रमितको मृत्यु

सांकेतिक तस्विर

 काठमाडौं,भदौ,८ । ललितपुरकाे पाटन अस्पतालमा थप २ जनाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ ।

 

काठमाडौंका पुरुष भदौ ६ गतेदेखि पाटन अस्पतालमा उपचार गराइ रहेका थिए भने त्यस्तै धनुषाका पुरुष भने साउन २५ गतेदेखि उपचार गराइ रहेका अस्पताल स्राेतले बताएकाे छ ।

 

त्यस्तै काठमाडौं घर भएका ७४ वर्षका पुरुष र धनुषाका ७६ वर्षका पुरुषको सोमबार मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जानकारी दिएको हाे ।