त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा दुइ जना कोरोना संक्रमितको मृत्यु

 काठमाडौं,भदौ १७ ।शिक्षण अस्पताल महाराजगञ्जमा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

 अस्पतालका अनुसार ७५ वर्षीय एक जना पुरुष र २० वर्षीया एक जना महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको जनाएकाे छ।   दुवै जनाको मंगलबार साँझ मृत्यु भएको हो ।

अस्पतालका अनुसार ७५ वर्षीय पुरुष काठमाडौं मैतिदेवीका हुन् भने अर्की महिला तनहुँकी हुन् ।सुगर प्रेसर जस्ता दीर्घरोगी रहेकाे ७५ वर्षीय पुरुष गत १५ गते त्रिवि शिक्षण अस्पताल भर्ना भएका थिए ।

 

त्यस्तै २० वर्षीया महिलालाई बाथरोथ र मिर्गौलाको समस्या थियो । डायलासिस गराइरहेकी उनी १६ गते नै भर्ना भएकी थिइन् ।उनिहरू दुवै जनाको आइसियूमा उपचार भइरहेको अस्पताल स्राेतले जनाएकाे छ ।