कारागारमा मृत्यु भएका तीनै जना कैदीमा कोरोना पुष्टि

सांकेतिक तस्विर

काठमाडौं,भदौ १९। काठमाडाैंकाे सुन्धारा स्थित केन्द्रीय कारागारका तीन जना कैदीको भाद्र १६ गते वीर अस्पतालमा मृत्यु भएकाे थियाे। मृत्यु पछि तिनै जनाकाे कोरोना पुष्टि भएकाे छ।

तिनै जनाकाे स्वाब संकलन गरि परिक्षण गर्न पठाइएकाे थियाे ,अहिले तीनै जनाको मृत्यु पछि रिपाेट पाेजेटिभ देखिएकाे छ।  

 

दीर्घरोगी रहेका पाल्पाका ५८, बझाङका ६० र सिरहाका ६४ वर्षका पुरुषको गत १६ गते निधन भएको र उनीहरुको बिहीबार बेलुका कोरोना पुष्टि भएको केन्द्रीय कारागार कार्यालयले जनाएकाे छ। 

 

उनीहरु विभिन्न मुद्दामा कारागारमा थिए। तीनै जनामा दिर्घ रोग रहेको कारागार स्राेतले जनाएकाे छ। यस अघि मेघा अस्पतालमा मृत्यु भएका कञ्‍चनपुरका ४१ वर्षीय कैदीमा कोरोना पुष्टि भएको थियो।

 

 

मृत्यु भएका तिनै जनाको शव भने त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा अस्पतालमा राखिएको छ। यो सँगै केन्द्रीय कारागारमा कोरोना संक्रमितको संख्या ५९ पुगेको कारागार स्राेतले जनाएकाे छ।