काठमाडौँमा भूकम्पको धक्का महसुस, घरबाहिर निस्किए सर्वसाधारण

काठमाडौँ,भदौ ३१ । काठमाडौँ उपत्यका लगायत विभिन्न जिल्लामा भूकम्पको धक्का महसुस भएको छ ।  

 बिहान ५ बजेर १९ मिनेटतिर भूकम्प गएको हो। केहीबेरसम्म भूकम्प गइरहेपछि सर्वसाधारण घरबाट बाहिर निस्केका थिए।

 

भूकम्पको केन्द्रविन्दु सिन्धुपाल्चोकको राम्चेलाई बनाएर ६ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । क्षतिबारे विस्तृत विवरण आउन बाँकी छ।