आज मिति २०७७ साल असोज ५ गते सोमबार भगवानको दर्शन गरि आजको राशिफल पढ्नुहोस्

मेष – बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । धर्म,कर्म तथा समाज सेवामा मन लाग्नेछ । रमाइलो र टाढाको यात्राको सम्भावना समेत छ ।

 

मिथुन – आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । पारिवारिक जीवन सन्तोषप्रद रहनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् ।

 

सिंह- आज रमणीय र सुखद् यात्राको योग छ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । प्रेमीको सहयोग पाईनेछ । साँझम भने खर्च बढ्नेछ ।

 

 

तुला – आज धार्मिक कार्यमा रुचि बढ्नेछ । मनोरञ्जनमा सहभागी भइएला । पारिवारिक जीवन र प्रणय सम्बन्धमा पनि सकारात्मकता नै देखिन्छ ।

 

धनु – आजको दिन भाग्यशाली भएर देखा पर्नेछ । सहयोग गर्ने भन्दा आश्वासन बाढ्नेहरु धेरै भेटिनेछन् । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ ।

 

 

कुम्भ- आज हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन । नयाँ ज्ञान सिक्ने मौकापनि मिल्नेछ ।

 

 

 

वृष – धार्मिक यात्राको योगछ । आफन्तहरूको सहयोगले कामहरू अगाडी बढ्नेछन् । बौद्धिक कार्यमा सफलता मिल्नेछ । प्रेमीको सहयोग प्राप्त हुनेछ ।

 

 

कर्कट-अतिथिको रूपमा सत्कार पाइएला । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । रमणीय र सुखद यात्राको योग छ । दाम्पत्य जीवन सुखमय हुनेछ ।

 

 

कन्या – मनमा शान्तिको अनुभूति हुनेछ । पुरानो र बिर्सिसकेको साथीसँग भेट हुने सम्भावना छ । आँटेको र ताकेको कार्य पुरा होला । शुभकार्यको चर्चा चल्नेछ ।

 

 

वृश्चिक-मन खिन्न हुने स्थिति आउनेछ । यात्रामा मालसामान हराउन सक्छ । वैदेशिक क्षेत्र कमजोर रहला । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ ।

मकर –शुभकार्यको चर्चा चल्नेछ । धार्मिक तथा समाज सेवामा मन लाग्नेछ । आफन्तको सहयोग प्राप्त हुनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ ।

 

 

मीन – जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । दैनिक व्यवहारमा खर्च बढ्न सक्छ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । वैदेशिक कार्यभने अघि बढ्नेछ