अखिल क्रान्तिकारीले विश्वविद्यालयहरुमा योग्यता र क्षेमताभन्दा भागबण्डाको आधारमा उपकुलपति नियुक्त गरेकोप्रति घोर विरोध (प्रेस विज्ञप्ती)सहित

  काठमाडौं,आसोज १२। नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी)ले नेपाल सरकारले भरखरै नेपाल संस्कृत विश्वविद्यालय, कृषि तथा वन विश्वविद्यालय र पोखरा विश्वविद्यालयमा योग्यता र क्षेमताभन्दा भागबण्डाको आधारमा उपकुलपति नियुक्त गरेकोप्रति घोर विरोध गर्दै प्रेस विज्ञप्ती जारी गरेको छ।

यस्ताे छ विज्ञप्तीकाे पूर्ण पाठसहित 

प्रेस विज्ञप्ति

हाम्रो महान् तथा गौरवशाली संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) विगत लामो समयदेखि शिक्षा र स्वास्थ्यमा भएका सबै प्रकारका विकृति र विसंगतिका विरुद्ध निरन्तर संघर्षरत रहेको कुरा सुस्पष्ट नै छ ।

विश्वविद्यालयहरुमा उपकुलपतिलगायत पदाधिकारी नियुक्त गर्ने सवालमा प्राज्ञिक व्यक्तिहरुमध्येबाट स्वस्थ प्रतिस्पर्धाको आधारमा नियुक्त गर्नका लागि निरन्तर सरकारसमक्ष अपिल गर्दै आइरहेको कुरा प्रष्ट पार्न चाहन्छौं । तर, विडम्बना हालै मात्र नेपाल संस्कृत विश्वविद्यालय, कृषि तथा वन विश्वविद्यालय र पोखरा विश्वविद्यालयमा सरकारले दलीय भागवण्डाका आधारमा उपकुलपति नियुक्त गरेकोप्रति हाम्रो संगठन घोर विरोध गर्दछ ।

सरकारको उक्त निर्णयलाई अविलम्ब खारेज गरी विश्वविद्यालय जस्तो गरिमामाय संस्थामा हुने यी र यस्ता नियुक्तिहरु नगर्नसमेत अपिल गर्दै प्राज्ञिक व्यक्तिहरुबाट स्वस्थ प्रतिस्पर्धाको आधारमा नियुक्त गर्नसमेत जोडदार माग गर्दछौं । अन्यथा, अखिल (क्रान्तिकारी) सशक्त संघर्षमा उत्रन बाध्य हुने चेतावनीसमेत दिन चाहन्छौं ।
क्रान्तिकारी अभिवादनसहित !

हरिकृष्ण गजुरेल

अध्यक्ष
मिति : २०७७÷०६÷१२