नेपालमा थप २७२२ जनामा कोरोना संक्रमण पुष्टि,उपत्यकामा थप १६३८ संक्रमित,कुन जिल्लामा कति थपिए संक्रमित
काठमाडौं,असोज,१६ । नेपालमा थप २ हजार ७२२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १४ हजार ७३९ नमुना परीक्षण गर्दा २७२२ जनामा संक्रमण पुष्टि भएको हो ।
याे सँगै कुल संक्रमितको संख्या ८२ हजार ४५० पुगेको छ । उनीहरुमध्ये ५२० जनाको मृत्यु भएको छ भने ६० हजार ६९६ जना संक्रमणमुक्त भएका छन्।
पछिल्लो २४ घण्टामा मात्र ३३०७ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल देशभर २१ हजार २३४ सक्रिय संक्रमित छन्।
कुन जिल्लामा कति थपिए संक्रमित
मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा १ हजार ६३८ संक्रमित थपिएका छन्। काठमाडौंका १२८० जना, भक्तपुरमा १९६ र ललितपुरका १६२ जना छन्।