अखिल (क्रान्तिकारी)ले जनजीविकाका मुद्धामा सरकार कमजोर देखिएको भन्दै विरोध प्रदर्शन

काठमाडौं,असोज १६।  नेकपा (क्रान्तिकारी) माओवादी निकट अखिल (क्रान्तिकारी)ले राष्ट्रिय स्वाधिनता र जनजिविकाका मुद्धामा सरकार कमजोर देखिएको भन्दै आज काठमाडौंकाे माइतिघर मन्डलामा प्रदर्शन गरेका थिए।

संगठनका अध्यक्ष हरिकृष्ण गजुरेलको नेतृत्वमा भएकोे विरोध प्रदर्शनमा क्रान्तिकारी विद्यार्थीहरुले सरकारका विरुद्ध चर्को नाराबाजी गरेका थिए । 

 

कार्यक्रमकाे सञ्चालन संगठनका महासचिव पेशल दाहालले गरेका थिए भने विरोध सभालाई अध्यक्ष हरिकृष्ण गजुरेल र उपाध्यक्ष शिलु न्यौपानेले सम्बोधन गरेका थिए ।

 

उनीहरुले राष्ट्रिय स्वाधीनता, जनताको जनजीविकाको सवाल, शिक्षा स्वास्थ्य क्षेत्रमा बढ्दो व्यापारीकरण तथा माफियाकरण र हत्या, हिंसा र बलात्कारका घटनामा सरकारले प्रदर्शन गरेको गैरजिम्मेवारीपन तथा फासिवादी चरित्रको घोर विरोध गरेका थिए ।

 

विद्यार्थी नेताहरुले लिम्पियाधुरासहितको अतिक्रमित भूमि फिर्ता गर्न, राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर्न, शिक्षा र स्वास्थ्यको जिम्मेवारी बहन गर्न र हत्या, बलात्कारका घटनाका दोषीमाथि कडाभन्दा कडा कारबाही गर्न जोडदार माग गरेका छन् ।

त्यस्तै एमसीसी संशाेधन हाेइन खारेज हुनु पर्छ यदि एमसीसी पास भएकाे खण्डमा नेपाल अमेरिकि सैनिकहरूकाे परेट खेल्ने थलाेकाे बन्ने पक्का रहेकाे पनि जिकिर गरेका छन्।

 

त्यसैले एमसीसी पास भयाे भने नेपाली भूमी रणमैदान हुने पनि पक्का रहेकाे त्याे पास गर्न खाेज्य अब तिन कराेड नेपाली जनता चुप लागेर नबस्ने पनि अध्यक्ष गजुरेलले चेतावनी दिनु भएकाे छ।

त्यस्तै कोरोना महामारीकाबीच सरकारले प्रभावकारी काम गर्न नसकेको, यसबीचमा शैक्षिक क्षेत्र धरासयी भएको र अहिले अनलाइन कक्षाकाे नाममा अभिभावक सँग पैसा असुल्ने काम गरिएकाे छ , त्याे तुरून्त बन्द गरिनु पर्छ हाेइन भने अखिल क्रान्तिकारी चुप लागेर नबस्ने पनि गजुरेलले चेतावनी दिनु भएकाे छ।  

 

मुलुकमा हत्या, हिंसा, बलात्कारका घटना बढेका बढै छन् अहिलेका असफल गृह मन्त्रीले के हेरेर बसेका छन्, त्यसरी पथ ओगेटर बस्नु भन्दा राजिनामा दिनु वेसहुने गजुरेलले बताउनु भयाे। सरकाले कुनै पनि घटना रोक्नका लागि प्रभावकारी कदम चाल्न नसकेकाले बिरोध गर्नुपरेको र सडकबाटै राजिनामा माग्नु परेकाे अध्यक्ष हरिकृष्ण गजुरेलले बताउनु भयाे।  

 

 

 अखिल क्रान्तिकारीले  राष्ट्रिय स्वाधिनतामाथिको हस्तक्षेप, शिक्षा र स्वास्थ्य सम्बन्धी समस्या तथा बलात्कार र हत्या बिरुद्ध सरकारलाई झक्झाकाउन निरन्तर खबरदारी गरिरहने जनाएको छ ।

त्यस्तै  अहिले सम्म फन्टलाइनमा काम गर्ने स्वास्थ्यकार्मी ,सुरक्षाकर्मी लगायतका राष्ट्रसेवक कर्मचारीलाइ तलव भत्ता उपलब्ध नगराउनु याे नेकपा सरकारकाे नालायकिपन रहेकाे र आफु सरकारमा रहेर भष्टचारको चगुलमा फसेको आफ्ना नेता कार्यकर्ता सबै भष्टचारमा लिप्त गरेर राष्टसेवक कर्मचारीलाइ तलव सम्म नदिनु नालायकिपन देखाएकाे गजुरेलले बताउनु भयाे ।  

त्यस्तै विद्यार्थी नेताहरुले पीसीआर परीक्षण निःशुल्क रुपमा परीक्षण गर्न र परीक्षणको दायरा बढाउन समेत जोडदार माग गरेका थिए । कार्यक्रममा क्रान्तिकारी विद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको थियो ।नेपाली भूमि छिमेकी राष्ट्रले मिच्दा पनि सरकारले केही गर्न नसकेको संगठको गम्वीर आरोप लगाएका थिए ।