आज शनिबारको मौसम पूर्वानुमान

काठमाडौं,असोज १७। जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले,शनिबारको मौसम बुलेटिन जारी गरेकाे छ। महाशाखाका अनुसार आज वंगालको खाडीको मध्य पश्चिम तथा उत्तर पश्चिम भागमा न्यून चापीय क्षेत्र रहेको छ।

महाशाखाले हाल देशका प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशमा सामान्य बदलीको र बाँकी प्रदेशहरुको पहाडी भूभागमा आंशिक बदली रहेको जनाएको छ ।

 

त्यस्तै दिउँसो प्रदेश १, प्रदेश २, बागमती प्रदेश, र गण्डकी प्रदेशमा आन्शिक देखि सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रही प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा र बाँकी प्रदेशका एक दुइ स्थानहरूमा हल्का बर्षाको सम्भावना रहेको छ ।

 

राती प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रही उक्त प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा तथा बाँकी प्रदेशहरुमा आंशिक बदली रही प्रदेश ५ र कर्णाली प्रदेशका एक दुइ स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

असोज १८ गते (आईतबार)

दिउँसो : प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रही प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

 

राती : प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रही प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का देखी मध्यम वर्षाको सम्भावना रहेको छ ।

असोज १९ गते (सोमबार)

दिउँसो : प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रही प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

 

राती :प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आन्शिक देखि सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रही प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।