लकडाउनको अवधिको अनलाइन फि तीर्न विद्यार्थीहरुलाई ताकेता नगर्न अखिल (क्रान्तिकारी)ले टेक्सास कलेजलाइ चेतावनी दिदै,विरोध कार्यक्रम सम्पन्न

काठमाडाैं,असोज १८। नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल क्रान्तिकारीले कोभिड– १९ को संक्रमणको महामारी भन्दै सरकार लकडाउन र निषेधाज्ञा जारी गरी देश बन्द गर्ने।

 

उत्ता शैक्षिक माफियाहरु जनताका छोरा छोरीहरुलाई लकडाउनको अवधि भन्र्दै अनलाइन’ शिक्षाको थालनी गर्दै फी तीर्न विद्यार्थीहरुलाई ‘धम्कीपूर्ण’भाषामा शुल्क बुझाउन भन्दै सुचना जारि गरिरहेका छन् । शिक्षा क्षेत्रलाई व्यापारिकरणको नामर्मा पैसासँग दाजीरहने कहिलेसम्म हाे भन्ने गम्भीर प्रश्न उठेकाे छ ।

यसै सन्दर्भमा अखिल (क्रान्तिकारी)ले कोभिड– १९को संक्रमणको नाममा टेक्सास कलेज, मित्रपार्क, काठमान्डौमा आज सांकेतिक विरोध कार्यक्रम आयोजना गरी सम्पन्न गरेको छ ।

 

उक्त कार्यक्रमको संचालन अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य हिक्मत महराले गरेका थिए भने कार्यक्रमलाई सम्वोधन अखिल क्रान्तिकारीका केन्द्रीय सदस्यहरु क्रमसः खेमराज पोखरेल र रमेश खनालले गरेका थिए ।

 

विरोध कार्यक्रम नारा जुलुस गर्दै काेणसभामा गरेर सम्वोधन पछि पुनः नारा जुलुस गर्दै समापन गरीएको थियो । अखिल (क्रान्तिकारी)ले आज टेक्सास कलेजबाट कोभिड –१९को मार खेपेर बसिरहेका जनताका छोराछोरीहरुलाई शुल्कको नाममा ताकेता नगर्न खवरदारी गरेको छ ।

 

अझै कलेजहरुले यस्ता हरकत गरे अखिल (क्रान्तिकारी)चुप लागेर नवस्ने र कडा कारवाहीमा उत्रने चेतावनी समेत दिएको छ ।अझै पनि अनलाइन कक्षाकाे नाममा शुल्क असुल्ने काम बन्द नगरे चरण बद्ध आन्दोलन गर्ने पनि विद्यार्थी नेताहरूले चेतावनी दिएका छन्।