आज सोमबारको मौसम पूर्वानुमान

काठमाडौं,असोज १९। जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले आजकाे मौसम बुलेटिन जारी गरेकाे छ। आज बंगालको खाडीको उत्तर-पश्चिम भागमा रहेको न्युन चापीय क्षेत्रको प्रभाव पूर्वी नेपालमा रहेको महाशाखाले जनाएकाे छ ।

 

त्यस्तै हाल देशका प्रदेश १, प्रदेश २, र बागमती प्रदेश मा सामान्य बदली रही प्रदेश १ का थोरै स्थानहरुमा हल्का बर्षा भएको छ। गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा आंशिक बदली रहेको महाशाखाले जानकारी दिएकाे छ।

 

त्यस्तै आज दिउँसो प्रदेश १, प्रदेश २, र बागमती प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रहनेछ। प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका थोरै स्थानहरूमा र गण्डकी प्रदेशको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

 

राती प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रहनेछ। प्रदेश १ र प्रदेश २ का थोरै स्थानहरूमा र बागमती र गण्डकी प्रदेशका एक दुइ स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

असोज २० गते (मंगलबार)

दिउँसो : प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रही प्रदेश १ का थोरै स्थानहरु तथा प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका एक दुइ स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

 

राती : प्रदेश १ मा सामान्य बदली र अन्य प्रदेशमा आंशिक बदली रही प्रदेश १ का एक दुइ स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

असोज २१ गते (बुधबार)

दिउँसो :प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रहनेछ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका एक दुइ स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

 

राती :प्रदेश १ मा सामान्य बदली र अन्य प्रदेशमा आंशिक बदली रहनेछ। प्रदेश १ का एक दुइ स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।