फेरि आज सुनचाँदीको मूल्यमा गिरावट : कतिमा हुँदैछ कारोबार !

काठमाडौँ,असोज १९ । आज सोमबार सुनको मूल्य केही घटेको छ। आज प्रतितोला ४ सय रुपैयाँले घटेर सुन प्रतितोला ९४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

 

हिजो छापावाल सुन प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, आज तेजावी सुन प्रतितोला ९३ हजार ६ सय रुपैयाँमा कोरोबार भइरहेको छ।

 

हिजो तेजावी सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको थियो। यस्तै, आज चाँदीको मूल्य भने स्थिर छ । आज चाँदी प्रतितोला ११ सय ८० रुपैयाँमा कोरोबार भएको छ।