नेकपा (क्रान्तिकारी माओवादी)द्धारा अनशनरत डा.गोविन्द केसीको मागप्रति समर्थन गर्दै (प्रेसवक्तव्य)जारी

काठमान्डौ, असोज १९। नेकपा (क्रान्तिकारी माओवादी) ले चिकित्सा शिक्षा र सेवा सुधारको माग गर्दै २१ दिनदेखि अनशनरत डा.गोविन्द के.सी.को स्वास्थ्य जटिल बन्दै गएको छ। तर सरकारले कानमा तेल हालेर बसेको छ ।भन्दै प्रेस वक्तव्य जारी गरेर विराेध जनाएकाे छ।

 

यस सन्दर्भमा नेकपा (क्रान्तिकारी माओवादी) का प्रवक्ता प्रतीकले एक वक्तव्यमार्फत उहाँसँग यसअघि गरिएका संझौताहरुप्रति बेवास्ता गर्ने र उहाँको स्वास्थ्यप्रति पनि संवेदनाहीन बन्ने सरकारी रबैयाको घोर विरोध तथा भत्र्सना गर्दै तत्काल उहाँसंग वार्ताको पहल गर्न सरकारसँग जोडदार माग गरेका छन । 

प्रेस–वक्तव्य

आयुर्विज्ञानको क्षेत्रमा विभिन्न प्रकारका सुधारका मागहरु सहित सङ्घर्ष गर्दै आउनुभएका डा. गोविन्द केसी यतिबेला १९औं पटकको अनशनको क्रममा हुनुहुन्छ । उहाँको स्वास्थ्य स्थिति दिनप्रतिदिन गंभीर बन्दै गइरहेको छ ।

यस स्थितिमा, उहाँसँग यसअघि गरिएका संझौताहरुप्रति बेवास्ता गर्ने र उहाँको स्वास्थ्यप्रति पनि संवेदनाहीन बन्ने सरकारी रबैयाको हाम्रो पार्टी घोर विरोध तथा भत्र्सना गर्दछ र उहाँले उठाउँदै आउनु भएका जनस्वास्थ्यसँग सम्बन्धित उचित मागहरुप्रति पुनः ऐक्यवद्धता जाहेर गर्दछ ।साथै, सरकारले उहाँसँग यसअघि गरेका सम्झौताहरु लागुगर्न र उहाँले अहिले थप उठाउनु भएका जायज मागहरुको उचित संबोधन गर्न समेत हाम्रो पार्टी सरकारसँग जोडदार माग गर्दछ ।

मितिः २०७७ असोज १९ गते

प्रतीक
प्रवक्ता
नेकपा (क्रान्तिकारी माओवादी)