बाजुराको हिमाली गाउँपालिका कवाडी नदीमा एकै परिवारका ५ जना ४ दिनदेखि बेपत्ता

काठमाडौँ,असोज, १९। बाजुराको हिमाली गाउँपालिका-५ स्थित कवाडीमा शुक्रबार छोराछोरीसहित कवाडी नदीमा नुहाउन गएकी आमा  नुहाउने क्रममा बेपत्ता भएका छन्।

 

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार बेपत्ता भएका एकै परिवारका ५ जना रहेकाे र अहिलेसम्म सबैकाे अवस्था अज्ञात रहेको जनाएको छ। नदीमा नुहाउन जाने भन्दै उनीहरू घरबाट निस्किएको परिवारका सदस्यहरुले प्रहरीलाइ बताएकाे प्रहरीले जनाएकाे छ।  

 

कवाडीमा बस्दै आएकी ३० वर्षीया सत्ता नेपाली शुक्रबार साँझ ५ वर्षीया छोरी आरती, ४ वर्षकी सन्तोषी, २ वर्षका छोरा सम्मान र एक वर्षीया छोरी किस्मतीसहित नुहाउने क्रममा बेपत्ता भएकी थिइन् ।

 

घटना भएलगत्तै प्रहरी निरीक्षक ठगुन्नासहितको टोली खोजी कार्यमा लागेको छ । नेपाल प्रहरी, नेपाली सेना र स्थानीयले खोजी गरिरहेका छन् । खाेजी गर्दा पनि ४ दिनसम्म अवस्था अज्ञात रहेको प्रहरीले जनाएको छ ।

 

कवाडी नदी र कर्णाली नदीको दुरी २०० मिटर मात्रै छ । कवाडी नदीबाट बगेर कर्णाली नदीमा गएको हुन सक्ने प्रहरीले जनाएकाे छ।  
प्रहरीका अनुसार हामीले धेरै ठाउँमा खोजी गरिसकेका छौँ , तर अहिलेसम्म कतै कोही पनि भेटिएका छैनन् ।