यस्तो छ आज मंगलबारको मौसम पूर्वानुमान

काठमाडौं,असोज २०। जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले आजकाे मौसम बुलेटिन जारी गरेकाे छ।  आजको  बंगालको खाडीको उत्तर-पश्चिम भागमा रहेको न्युन चापीय क्षेत्रको प्रभाव पूर्वी नेपालमा रहेको महाशाखाले जनाएकाे छ ।

 

हालको मौसमको अवस्था प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रहेको महाशाखाले जनाएकाे छ।

 

आज दिउँसो प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रही प्रदेश १ का थोरै स्थानहरु हल्का देखि मध्यम तथा प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका एक दुइ स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

 

त्यस्तै राती प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रही प्रदेश १ का एक दुइ स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

असोज २१ गते (बुधबार)

दिउँसो : प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रहनेछ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका एक दुइ स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

 

राती :देशभर आंशिक देखि सामान्य बदली रहि प्रदेश १ का एक दुइ स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

 

असोज २२ गते (बिहिबार)

दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रहि प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका एक दुइ स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

 

राती: देशभर आंशिक देखि सामान्य बदली रहि प्रदेश १ का एक दुइ स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।