जाजरकोटमा जीप दुर्घटना : वडा अध्यक्षसहित ५ को मृत्यु ,दुईजना बेपत्ता

  काठमाडौं,असोज,२१। जाजरकोटको जुनिचाँदे गाउँपालिकामा जिप दुर्घटना हुँदा वडाध्यक्षसहित पाँच जनाको मृत्यु भएको छ ।

जिल्ला सदरमुखकाम खलंगाबाट जुनिचाँदे जाँदै गरेको भे १ ज ९३५ नम्बरको जिप बुधबार जुनिचाँदे गाउँपालिका-१ औलखोलामा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

 

 आज दिउँसो भएको दुर्घटनामा वडा नम्वर ११ का वडाध्यक्ष अमरबहादुर शाही सहित ५ जनाको मृत्यु भएको हो । मृत्यु हुनेहरुमा ख्यामबहादुर शाही, वडा नम्वर ९ की मालिका बस्नेत, कृष्णबहादुर शाही लगायतको मृत्यु भएको जाजरकोट प्रहरीले जनाएको छ।

 

मृतकको संख्या बढ्न सक्ने प्रहरीको भनाई छ। यो समाचार तयार पार्दासम्म प्रहरी, स्थानीयहरु उद्दार कार्यमा रहेका छन् ।त्यस्तै, दुर्घटनामा २ जना पानीमा बेपत्ता भएको प्रहरीले जनाएकाे छ। 

 

जुनिचाँदे गाउँपालिकाको कार्यपालिका बैठकका लागि सदरमुकाम खलंगाबाट पराले जाँदै गरेको जीप दुर्घटनाग्रस्त भएको हो । जीपमा सवार जुनिचाँदे ११ का नरबहादुर बुढा घाइते भएका छन्।