आज बिहिबारको मौसम पूर्वानुमान

काठमाडौं,असोज २२। मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार बंगालको खाडीको उत्तर–पश्चिम भागमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव पूर्वी नेपालमा रहेको छ ।

न्यून चापीय क्षेत्रको प्रभावका कारण हाल देशभर आँशिकदेखि सामान्य बदली रहेको छ ।यसैगरी, आज दिउँसो प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रहनेछ।

भने, प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । यस्तै, राति देशभर आंशिक देखि सामान्य बदली रहि प्रदेश १ का एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

असोज २३ गते (शुक्रबार)

दिउँसो: प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रहनेछ। प्रदेश १ र बागमती प्रदेशका एक दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

राती : देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।

असोज २४ गते (शनिबार)

दिउँसो:प्रदेश १ र प्रदेश २ मा आंशिक बदली र बाँकी प्रदेशहरुमा मौसम सफा रहनेछ। प्रदेश १ र प्रदेश २ का एक-दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

राती: देशको पहाडी भू-भागहरुमा आँशिक बदली रही बाँकि भूभागको मौसम सामान्यतया सफा रहने छ ।