नेपालमा थप २०५९ जनामा कोरोना संक्रमण पुष्टि,उपत्यकामा १४०९ जनामा संक्रमति,कुन जिल्लामा कति थपिए संक्रमित
काठमाडौं,असोज२३ । नेपालमा थप २०५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १३ हजार २७९ नमुना परीक्षण गर्दा २०५९ जनामा संक्रमण पुष्टि भएको हो ।
याे सँगै कुलसंक्रमितको संख्या एक लाख नाघेको छ ।मन्त्रालयका अनुसार कोरोना भाइरसको संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ ।
काठमाडौं उपत्यकामा १ हजार ४ सय ९ जना नयाँ संक्रमति थपिएका छन् । काठमाडौं १११६, भक्तपुर १३० ललितपुर १६३ गरी उपत्यकामा १ हजार ४ सय ९ जना नयाँ संक्रमति फेला परेका हुन् । गौतमका अनुसार अहिले मुलुकभर सक्रिय संक्रमितको संख्या २७ हजार ५३ पुगेको छ ।
कुन जिल्लामा कति थपिए संक्रमित
मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाका १४०९ जना संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौं जिल्लाका १११६, ललितपुरका १६३ र भक्तपुरका १३० जना छन् ।
यस्तै मोरङका ८६ जना, मकवानपुरका ६७, दाङका ६५, चितवनका ५१, बाँकेका ४५, काभ्रेका ४०, कास्कीका २८, सुनसरीका २६, नवलपुरका २५, रामेछापका १९, महोत्तरीा १७, पर्साका १५, गोरखाका १२, बारा र सिन्धुली ११ जना, रौतहट र बर्दियाका ९/९ जना, झापा, तनहुँ र दैलेखका ८/८ जना, सर्लाही र धादिङका ७/७ जना तथा सिन्धुपाल्चोकका ६ जना ,गुल्मी र कालीकोटका ५/५ जना, नुवाकोटका ४, खोटाङ, धनुषा, दोलखा, पर्वत, लमजुङ, अर्घाखाँची, प्युठान, रुपन्देही सल्यान र सुर्खेतका ३/३ जना, धनकुटा, बाग्लुङ, पाल्पा, रुकुम पूर्व, रोल्पा, कञ्चनपुर र कैलालीका २/२ जना तथा उदयपुर, भोजपुर, सप्तरी, सिराहा, स्याङ्जा, कपिलवस्तु, रुकुम पश्चिम,डोटी र बैतडीका १/१ जना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।