आज शनिबारको मौसम पूर्वानुमान

काठमाडौं,असोज २४। जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले आजको मौसम बुलेटिन जारी गरिएकाे छ।

 

आज बंगालको खाडीको पूर्वी-मध्य भागमा न्युन चापीय क्षेत्र रहेको भएको छ र उक्त निम्न चापिय क्षेत्र पश्चिम-उत्तर पश्चिम दिशा तर्फ सर्दै जाने देखिएकाे महाशाखाले जनाएकाे छ ।

 

हालको मौसमको अवस्था देशभर मौसम सामान्यतया सफा रहेको महाशाखाले जनएकाे छ ।

 

त्यस्तै आज दिउँसो प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश मा आन्शिक बदली रहने तथा बाँकी भु-भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

 

राती प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आन्शिक बदली रहने तथा बाँकी भु(भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

असोज २५ गते आइतबार

दिउँसो : प्रदेश १ मा सामान्यतया बदली रहने तथा बाँकी भू-भागमा आन्शिक बदली रहने छ । प्रदेश १ का थोरै स्थानहरुमा र बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

 

राती :देशको पहाडी भू-भागहरुमा आँशिक बदली रही बाँकि भूभागको मौसम सामान्यतया सफा रहने छ । देशको पहाडी भू-भागका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

असोज २६ गते (सोमबार)

दिउँसो :देशको पहाडी भू-भागमा आन्शिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । देशको पहाडी भू-भागको थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

 

राती : देशको प्रदेश १ मा आन्शिक देखि सामान्य बदली तथा बाँकी प्रदेशहरुमा आन्शिक बदली रहने छ । प्रदेश १ र प्रदेश २ को थोरै तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशको एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।