किशोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा दुइ जना पक्राउ

काठमाडौं,असोज २४।  यौन दुर्व्यवहार गरेको भन्दै किशोरीले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाका २५ वर्षीय धनजीत राई र ऐसेलुखर्क गाउँपालिका–२ बाकाचोलका ३३ वर्षीय चन्द्र राईलाई प्रहरीले पक्राउ गरेको छ ।

 

बिहिबार राती १० बजे दिक्तेलबजारको रत्नपार्कमा यौन दुर्व्यवहार गरेको भन्दै अन्दाजी १५ /१६ वर्षकी किशोरीले सामुदायिक प्रहरी सेवा केन्द्र दिक्तेलमा दिएको उजुरीका आधारमा उनीहरुलाई प्रहरीले पक्राउ गरेकाे जनाएको छ।उनिहरूकाे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ।