आज एकैदिन ५००८ जनामा कोरोना संक्रमण पुष्टि,उपत्यकामा थप २६७२ जना संक्रमित,कुन जिल्लामा कति थपिए संक्रमित 

काठमाडौं,असोज,२४।  नेपालमा थप ५००८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। देशभरका प्रयोगशालामा १९ हजार ३२० नमुना परीक्षण गर्दा ५००८ जनामा काेराेना संक्रमण पुष्टि भएको हो । यो नेपालमा एकैदिनमा भेटिएको सबैभन्दा धेरै संक्रमित संख्या हो ।

 

  काठमाडौं उपत्यकामा २ हजार ६७२ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । काठमाडौंमा २ हजार १००, भक्तपुरमा २०३ र ललितपुरमा ३६९ गरी २ हजार ६७२ जनामा संक्रमण पुष्टि भएको हो।

 

याे सँगै कुल संक्रमितको संख्या एक लाख ५ हजार ६८४ पुगेको छ । उनीहरुमध्ये ६१४ जनाको मृत्यु भएको छ भने ७४ हजार २५२ जन संक्रमणमुक्त भएका छन् ।

 मन्त्रालयका अनुसार १२२९ जना संक्रमणमुक्त भएको जनाएको छ । हालदेशभर ३० हजार ८१८ संक्रिय संक्रमित छन्।

कुन जिल्लामा कति थपिए संक्रमित 

काठमाडौंमा २ हजार १००, भक्तपुरमा २०३ र ललितपुरमा ३६९ गरी २ हजार ६७२ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै मोरङका ३६९ जना, सुनसरीका ३९४, रुपन्देहीका २१५, चितवनका १४७, सुर्खेतका १३४, दाङका ९३, तनहुँका ५५, मकवानपुरका ५४, कास्कीका ५१, झापा र सिन्धुलीका ४८/४८ जना, बाँकेका ४५, प्युठानका ४२, नुवाकोटका ४०, धादिङका ३८, पाल्पाका ३७, पर्सा र नवलपुरका ३६/३६ जना, काभ्रे र कैलालीका ३५/३५ जना, नवलपरासीका ३१, गोरखा २५, सर्लाही १९ तथा सिराहा र कञ्चनपुरका १८/१८ जना ,रौतहटका १७ जना, बाग्लुङ र सल्यानका १२/१२ जना, धनकुटा, धनुषा, महोत्तरी, र रुकुम पश्चिमका ११/११ जना, बारा, दैलेख र बझाङका १०/१० जना, संखुवासभाका ९, दोलखा, जुम्ला र बैतडीका ८/८ जना,म्याग्दी स्याङ्जाका ७/७ जना, उदपयुर, सप्तरी, सिन्धुपाल्चोक, बर्दिया र अछामका ६/६ जना, ओखलढुंगा, रामेछाप र रोल्पाका ५/५ जना, इलाम, डडेलधुरा र डोटीका ४/४ जना, खोटाङ, भोजपुर, रसुवा, पर्वत र दार्चलाका ३/३ जना, लमजुङ र रुकुम पूर्व २/२ जना तथा ताप्लेजुङ, तेह्रथुम र कालीकोटका १/१ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।