सरकारले गर्‍यो चाडपर्व मनाउने मापदण्ड सार्वजनिक : के छन् त मापदण्डमा !

काठमाडौं ,असोज २४ । आज शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा चाडपर्व मनाउनेहरुका लागि मापदण्ड सार्वजनिक गरेको हो । सरकारले यो वर्षका चाडपर्व मनाउनका लागि मापदण्ड सार्वजनिक गरेको छ ।

 

सरकारले जारी गरेको मापण्ड पालना नगर्ने व्यक्तिलाई सरकारले संक्रामण रोग ऐन, २०२० अन्तरगत कारबाही गर्ने जनाएको छ ।

 
दसैैं तथा अन्य जात्रा तथा पर्वमा प्रसाद तथा टीका सकेसम्म वितरण नगर्न मन्त्रालयले भनेको छ । टीका तथा प्रसाद वितरण गर्नै परे कार्यक्रममा परिवारको एकजना मात्रै सहभागी हुनुपर्ने, सकेसम्म आयोजकले घरमै प्रसाद वितरण गर्नुपर्ने मन्त्रालयले भनेको छ।

 

एउटै घरका व्यक्तिबाहेक अरुसँग भेट नगर्ने र गर्नै परे दुई मिटरको दूरी कायम गर्नु पर्ने मन्त्रालयले जनाएको छ । सकेसम्म घरको परिवारका बसेर चाडपर्व माउन आग्रह गरिएको छ ।

 

चाडपर्वमा घर बाहिर नजाने र जानै पर्ने भए माक्स अनिवार्य लगाउनु पर्ने भएको छ । धार्मिकस्थल तथा मेलापर्वमा २५ जनामात्रै भेला हुन पाउने तथा अभिबादन गर्दा टाढैबाट नमस्कार गर्नु पर्ने छ । अंगालो मार्न वा शरीर छुन पाइने छैन ।

 

देवीदेवताका मूर्तिहरु नछुन आग्रह गर्दै मन्त्रालयले सार्वजनिक स्थालमा नथुक्न भनेको छ । पैसाको कारोबार गर्दा सकेसम्म विद्युतीय माध्यमको प्रयोग गर्नुपर्ने मापदण्डमा उल्लेख छ ।

 

कोरोनाको अति जोखिममा पर्ने व्यक्तिहरुले घरपरिवारका व्यक्तिबाहेक अन्य बाहिरका व्यक्ति भेला भएको ठाउँमा सहभागि नहुनआग्रह गरेकाे छ।

 

 त्यस्तै स्वास्थ्य मन्त्रालयले ज्वरो, खोकी लागेका व्यक्ति, ६० वर्ष माथि र १२ वर्ष मुनिका बालबालिका, गर्भवती र सुत्करी महिला र रोगप्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरुलाई कुनै पनि कार्यक्रमा सहभागी नहुनआग्रह गरिएकाे छ।

 

सहभागी हुनै पर्ने कार्यक्रम भएमा आयोजकले पर्याप्त स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउनु पर्नेमा पनि मन्त्रालयले जोड दिएको छ ।

 

 अंग प्रत्यारोपण गरेका, दीर्घरोगीहरु तथा पछिल्लो १५ दिनमा कुनै पनि रोगबाट निको भएका वा भर्खरै सर्जरी गरेका व्यक्तिहरुलाई भीडभाडमा जनान नजान मन्त्रालयले आग्रह गरेकाे छ।