यस्तो छ आज सोमबारको मौसम पूर्वानुमान

काठमाडौं,असोज २६। जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले आजको मौसम बुलेटिन जारी गरेको छ।

 

हाल मौसम बंगालको खाडीको पश्चिम-मध्य भागमा शक्तिशाली निम्न चापीय क्षेत्र (depression)रहेको छ।उक्त निम्न चापिय क्षेत्र अझै शक्तिशाली हुँदै पश्चिम-उत्तरपश्चिमी दिशा तर्फ सर्दै जाने देखिएकाे महाशाखाले जनाएकाे छ।

 

हालको मौसमको अवस्था देशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ। बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएकाे छ।

 

त्यस्तैआज दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।प्रदेश १ का पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

 

राती प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी पहाडी भू(भागहरूमा आंशिक बदली रहने छ।देशका अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

असोज २७ गते (मंगलबार)

दिउँसो:प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

राती: देशभर मौसम सामान्यतया सफा रहनेछ।

असोज २८ गते (बुधबार)

दिउँसो: प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ का एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

 

राती: प्रदेश १, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।