कांग्रेसका सांसदको प्रस्ताव काठमाडौं उपत्यकामा दशैं–तिहारको १५ दिन ठप्पै पारौं

काठमाडौं,असोज,२६ । काठमाडौं उपत्यकामा दशैं–तिहारको १०( १५ दिन जति ठप्प पारौं त्यस पछि केही कोरोना संक्रमण  नियन्त्रण गर्न सकिन्छ भन्दै कांग्रेसका सांसद उमेश श्रेष्ठले भर्चुअल बैठकबाट प्रस्ताव राखेका छन् ।

 

‘दशैं तिहारको समयमा १०–१५ दिन ठप्पै नगरे काठमाडौं उपत्यकामा कोरोनाले थप महामारीको रुप लिने जस्तो लाग्छ त्यसैले बेलैमा चनाखाे हुनुपर्नेमा सांसद श्रेष्ठले संसदको शिक्षा तथा स्वास्थ्य समितिको जारी भर्चुअल बैठकमा भनेका हुन ।

 

आफैँ कोराना संक्रमित भएर अहिले निको भइसकेका सांसद श्रेष्ठले सरकारले कोरोना रोगको व्यवस्थापन उचित ढङ्गले गर्न नसकेको टिप्पणी समेत गरेका छन् । ‘काठमाडौंको व्यवस्थापनमा असाध्धै सुधारकाे खाचाे रहेकाे उनले बाताएका छन्। 

 

 स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमलाई कोरानासम्बन्धी सूचना दिँदा नरम भाषा प्रयोग गर्न उनलाइ आग्रह गरेका छन् । मर्ने बेलामा मात्रै अस्पताल जाऊ भन्ने जस्तो भाषा पयाेग गरेर कुरा गर्नु भएन । सकारात्मक रुपमा धारणा र सूचना दिन पर्यो भन्दै सुझाव पनि दिएका छन्।

 

कोरोना महामारीमा शिक्षा क्षेत्रको व्यवस्थापन सही ढंगले गर्न नसकेको भन्दै श्रेष्ठले शिक्षामन्त्री गिरिराजमणि पोखरेलको आलोचना समेत गरेका थिए । ‘शिक्षा मन्त्रालय दुई सय प्रतिशत फेल भइसक्यो भने जस्ता आराेप लगाएका छन्।