आज मंगलबारको मौसम पूर्वानुमान, यस्तो छ ?

काठमाडौं,असोज २७। जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले आजको मौसम बुलेटिन जारी गरेको छ।

 

 हाल बंगालको खाडीको पश्चिम-मध्य भागमा शक्तिशाली निम्न चापीय क्षेत्र (depression) रहेको छ।उक्त निम्न चापिय क्षेत्र अझै शक्तिशाली हुँदै पश्चिम-उत्तरपश्चिमी दिशा तर्फ सर्दै जाने देखिएकाे महाशाखाले जनाएकाे छ।

 

हाल मौसमको अवस्था देशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ। बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको छ।

 

 

आज दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली तथा देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ।

 

राती प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

असोज २८ गते (बुधबार)

दिउँसो : प्रदेश १ , बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ , बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

 

राती: प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केहि भू-भागमा आंशिक देखि सामान्य बदली तथा देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ का एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

 

असोज २९ गते (बिहिबार)

दिउँसो : प्रदेश १ , बागमती प्रदेश र गण्डकी प्रदेशका धेरैजसो भू-भागमा आंशिक देखि सामान्य बदली तथा देशका बाँकी प्रदेशमा आंशिक बदलि रहनेछ। प्रदेश १ , बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै भू-भागका हल्का वर्षाको सम्भावना रहेको छ।

 

 

राती: प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केहि भू-भागमा आंशिक देखि सामान्य बदली तथा देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।