प्रहरी दिवसकै दिन घुससहित प्रहरी हवल्दार पक्राउ

काठमाडौं,असोज ३०। प्रहरी दिवसकै दिन चार लाख घुससहित प्रहरी हवल्दार पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले ४ लाख घुससहित इलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत हवल्दार शिवचन्द्र सहानीलाई पक्राउ गरेको हाे।

 

हिरासतमा रहेका व्यक्तिलाई धरौटीमा छुटाउन सहयोग गरेवापत उनले घुस लिएको बताइएको छ । देशभर प्रहरी दिवस मनाइरहदा उनलाई शुक्रबार दिउँसो अख्तियारले पक्राउ गरेकाे हो ।

 

रुपन्देहीको सियारी–७ स्थित खनाल मिठाई पसलबाट हवल्दार सहानी र उनकी श्रीमती निर्मला केवटलाई अख्तियारले नियन्त्रणमा लिएको अख्तियार दुरूपयाेग अनुसनधान आयोग बुटवलले जनाएको छ ।

पक्राउ परेका हवल्दार शिवचन्द्र सहानीलाई थप अनुसनधान भइरहेको अख्तियार बुटवलले जनाएकाे छ।