नेकपा फुटको संघारमा : पार्टीमा ठूलै भुइँचालो जाने संकेत

काठमाडौं,कार्तिक १६ ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र ठुलै भुइँचालो जाने संकेत देखिन थालेका छन् । पार्टी भित्र बढ्दै गएको विवादले पार्टी दुर्घटनाको दिशातर्फ गएको पछिल्ला घटनाक्रमले पुष्टि गरेकाे छ ।

 

 तत्कालीन नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रबीच २०७५ साल जेठ २ गते एकता भएको थियो । तर, यतिबेला पार्टी विभाजनको संघारमा पुगेको शीर्ष नेताहरुको भनाइ र दोस्रो पुस्ताका नेताहरुको सामाजिक संजालको लेखाइले प्रष्ट हुन्छ ।

 

शनिबार बालुवाटारमा दुई अध्यक्षबीच करिब ३ घण्टासम्म संवाद भएको थियो । दुई अध्क्षक्षबीच ११ दिन पछि शनिबारमात्र संवाद भएको हो ।

 

प्रधानमन्त्री केपी शर्मा ओलीका पछिल्ला गतिविधी तथा निर्णयप्रति कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड असन्तुष्ट रहनु भएको बताइँदै आएको थियो ।

 

उता प्रधानमन्त्री ओली पक्ष भने प्रचण्डले कार्यकारीको जिम्मेवारी पनि पूरा गर्न नसकेको आरोप लगाउँदै प्रचण्डले अन्ततः मन्त्रिपरिषद्को नेतृत्व हत्याउने मनसायमा पुगेको आरोप लगाउँदै आएको छ ।

 

यसैबीच दुई अध्यक्षबीच असमझदारी बढ्दै गएपछि फेरि पनि पार्टी फुटको संघारमा पुगेको छ । पार्टी महासचिव एवम् अर्थमन्त्री विष्णु पौडेलको ट्विटबाट पनि पार्टीमा ठूलै खड्गो आएको पुष्टि हुन्छ।

 

 महासचिव पौडेलले नेकपामा गम्भीर संकट उत्पन्न भएको बताउनु भएको छ । उहाँले सामाजिक सञ्जाल ट्विटरमा नेकपाको एकीकृत र अविभाज्य अस्तित्वका सामु गम्भीर संकट उत्पन्न भएको बताउनु भएको छ ।

 

राजनीतिक स्थायीत्व सुनिश्चित गर्ने, संविधानको प्रभावकारी कार्यान्वयन गर्ने र ‘समृद्ध नेपाल सुखी नेपाली’ को राष्ट्रिय आकाँक्षा पूरा गर्दै समाजवादतर्फ अघि बढ्ने उद्देश्यका साथ तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएर नेकपा गठन भएको पनि उहाँले स्मरण गराउनुभएको छ ।

 

 

कर्णाली प्रदेश मुख्यमन्त्रीको अविश्वास प्रस्ताव, मन्त्रिपरिषद पुनर्गठन, राजदूत नियुक्ति तथा भारतीय जासूसी संस्था रअका प्रमुखसँग प्रधानमन्त्रीको भेटवार्ता, पर्सामा नेकपा कार्यकर्ता झडपलगायत विषयमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गुनासो देखाउने दाँत मात्र रहेको प्रधानमन्त्री केपी शर्मा ओली पक्ष नेताको आरोप छ ।

 

यता कार्यकारी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीबाट पार्टी विभाजनका लागि प्रस्ताव आएको आइतबार खुमलटारमा सम्पन्न ओलीइतर नेताहरुसँगको छलफलमा बताउनु भएको छ ।

 

बैठकमा अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीको मनशाय पार्टी अलग-अलग जाने भन्ने रहेको ब्रिफिङ गरेको एक सदस्यले बताउनु भयो । “प्रधानमन्त्रीले हिजोदेखि अब अलग-अलग जाने हो भन्न थाल्नुभएछ, उहाँले भन्नुभयो ।

 

उक्त भेलामा वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र गृहमन्त्री रामबहादुर थापासहभागी हुनुहुन्थ्यो ।

 

अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीले शनिबारको भेटवार्तामा आफूलाई उक्त प्रस्ताव गरेको बताउनु भएको बैठकमा सहभागी एक नेताले बताउनु भयो ।

 

प्रधानमन्त्रीज्यूले सँगै जान नसकिने भन्दै अब अलग–अलग लागौं भनेर प्रचण्डसँग प्रस्ताव गर्नु भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले समेत बताउनु भएको छ ।

यस्ताे छ  महासचिव पौडेलकाे  आग्रह