बाइडेन ‘विजयको बाटोमा’ ट्रम्पले भने, अदालत जान्छौँ

वासिङटन।डेमोक्र्याटिक उम्मेदवार जो बाइडनले आफ्नो जितलाई लिएर आश्वस्त रहेको बताएका छन् भने राष्ट्रपति डोनल्ड ट्रम्पले चुनावमा धाँधली भएको आरोप लगाएका छन्।

 

 बाइडनले २४३ इलेक्टरल मत प्राप्त गरेका छन् भने ट्रम्पले कुल २१४ इलेक्टरल मत पाएका छन्।

महत्त्वपूर्ण परिणाम आउन बाँकी छँदै बाइडनले राष्ट्रपति पद सम्हाल्नका लागि पर्याप्त राज्यमा आफूले जित्ने स्पष्ट भएको बताएका छन्।

 

 बाइडेनलाई छिटो नेतृत्व परिवर्तन गरिरहने राज्यको बढी भोट आउने अपेक्षा गरिएको थियो । तर त्यस्तो पनि भएन । बाइडेनलाई ती राज्यमा भोट आए पनि ट्रम्प सँगसँगै देखिए ।

 

राष्ट्रपति पदमा विजयी हुन कम्तिमा २ सय ७० इलेक्टोरल कलेज भोटको खाँचो पर्छ । त्यसमा पनि केही निर्णायक राज्यमा गरिएने मतगणना सबैका लागि चाखपूर्ण हुन्छ । दुबैले आआफ्नो दावी गरे पनि दुईबीच कडा प्रतिस्पर्धा छ ।

 

ट्रम्पले भने यसअघि नै मतगणनामा जालसाजी गरिएकाले प्रक्रिया नै रद्द गर्नुपर्ने चेतावनी दिएका थिए । साथै आफूले चुनाव लगभग जितिसकेको भन्दै ठोकुवा समेत गरेका छन् ।एजेन्सी,