डा.बाबुराम भट्टराईको ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्ने ओली सरकारको निर्णयप्रति गम्भीर आपत्ति

काठमाडौं,कार्तिक २१। पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा .बाबुराम भट्टराईले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’को सट्टा अबदेखि ‘नेपाल’ मात्रै लेख्ने सरकारको निर्णयप्रति गम्भीर आपत्ति जनाएका छन्।

 

 शुक्रबार सामाजिक सञ्जालमार्फत संयुक्त राष्ट्र संघमा देशरराज्यका नाम उनीहरूको संविधान /राज्यप्रणाली अनुरूप हुने आम प्रचलनअनुसार ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ रहेकामा ओली सरकार यसबाट पछि हटेको भन्दै डा.भट्टराईले शंका व्यक्त गरेका हुन्। साथै उनले यो स्वीकार्य नहुने भन्दै यसको विरोध गर्न सबैलाई आग्रहसमेत गरेका छन्।

 

 

‘संयुक्त राष्ट्र संघमा देशरराज्यका नाम उनीहरूको संविधानरराज्य प्रणालीअनुरूप हुने आम प्रचलन हो। सोहीअनुसार नेपालको नाम ‘फेडेरल डेमोक्रेटिक रिपब्लिक अफ नेपाल’ रहेकामा ओली सरकार किन पछि हटेको हो,डा. भट्टराईले ट्विटरमा लेखेका छन्, ‘यो स्वीकार्य छैन! दालमा कालो छ है! सबैले प्रतिवाद गरौं! खबरदार !

 

गत असोज २८ गते कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले मातहत निकायमा जारी गरेको परिपत्रबाट गत असोज ११ गते बसेको मन्त्रिपरिषद् बैठकले ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ को सट्टा अबदेखि ‘नेपाल’ मात्रै लेख्ने निर्णय गरेको कुरा खुलासा भएको थियो।

 

 

परिपत्रअनुसार ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ लेखिने ठाउँमा अबदेखि ‘नेपाल’ मात्र लेख्नुपर्नेछ। त्यसैगरी अंग्रेजीमा ‘फेडेरल डेमोक्रेटिक रिपब्लिक अफ नेपाल’ लेखिने स्थानमा ‘एनइपिएएल’ मात्र लेख्नुपर्ने परिपत्रमा भनिएको छ।

 https://twitter.com/brb1954
 
 संयुक्त राष्ट्र संघमा देश/राज्यका नाम उनीहरूको संविधान/राज्यप्रणाली अनुरूप हुने आम प्रचलन हो।सोही अनुसार नेपालको नाम “Federal Democratic Republic of Nepal” रहेकोमा ओली सरकार किन पछि हटेको हो? यो स्वीकार्य छैन! दालमा कालो छ है! सबैले प्रतिवाद गरौं! खबरदार!