जुवाखालबाट नगदसहित १६ जुवाडे पक्राउ

काठमाडौं,मंसिर १ । बागलुङका विभिन्‍न स्थानबाट १६ जना जुवाडेलाई प्रहरीले नियन्‍त्रणमा लिएको छ । आइतबार राति बागलुङ नगरपालिका ६, भान्सा र सोही वडाको ठूलढुङ्‍गामा जुवा खेलिरहेको अवस्थामा नगदसहित उनीहरु पक्राउ परेका हुन् ।

 

ठूलढुङ्‌गाका तिलकबहादुर थापाको घरबाट ६७ हजार सात सय नगदसहित आठजना पक्राउ परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा सोही ठाउँका दिलबहादुर थापा, झकबहादुर थापा, यमबहादुर थापा, धनबहादुर थापा, तिलक थापा, दलबहादुर थापा, तीर्थबहादुर थापा र दिलबहादुर छन्त्याल छन् ।

 

 
यसैगरी बागलुङ नगरपालिका ६, भान्साका शिव केसीको घरमा जुवातास खेलिरहेको अवस्थामा आठजना पक्राउ परेको बागलुङका प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले बताए।

 

उनका अनुसार पक्राउ पर्नेमा सोही ठाउँका राजन सापकोटा, कुलबहादुर केसी, मानबहादुर केसी, रामकृष्ण सापकोटा, दीपक सापकोटा, ईश्वर केसी, सागर केसी र दीपेश सापकोटा छन् । उनीहरुको साथबाट ८५ हजार ६८० नगदसहित केही थान ताससमेत बरामद गरेको प्रहरी नायव उपरीक्षक रेग्मीले बताए ।

 

पक्राउ परेका सबैलाई कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइएको पनि उनले बताए । -रासस