जनताको जनवाद, अन्तर–पार्टी जनवाद र सर्वहारा जनवाद

एउटा माक्र्सवादी–लेनीनवादी कम्युनिस्ट पार्टी तीनखाले अन्तरसम्वन्धीत जनवादद्धारा संचालित हुन्छ । नेपालका घेरै कम्युनिस्ट पार्टीहरुले जनवादको कुरा गर्दा पार्टीभित्रको जनवादको मात्रै कुरा गरेको पाइन्छ । त्यो पनि आफ्ना र आफ्ना समूहका लागि जनवाद, नेताहरुका लागि जनवाद । नेपालका कम्युनिस्ट पार्टीहरुले अत्यधिक जनवादको उपयोग गर्छन भने कार्यकर्ता जनवादको नाममा केन्द्रीयताको डण्डा बर्साउँछन्।

 

जनतालाई जनवाद भनेको केबल संसद तथा अन्य विभिन्न नीर्वाचनका दौरानमा केवल मतदान हाल्नका लागि उपयोग गरिन्छ, तै पनि दलाल र विचौलियाहरु, तष्करहरु र माफियाहरु, ठेकदारहरु र गुण्डाहरुको डर, धाक र धम्किका बीचबाट ।

 

हुनत यो नेपालको कम्युनिस्ट आन्दोलनको मात्रै समस्या होइन, अन्तराष्ट्रिय कम्युनिस्ट आन्दोलनभित्र पनि यो समस्याको अवलोकन गरेर र महशुस गरेर अन्तराष्ट्रिय कम्युनिस्ट आन्दोलनमा माओले जनवादलाई १९६२को जनवरीमा यसरी स्पष्ट पार्दै भन्नु भएको थियो, जवसम्म हामीले जनताको जनवाद र अन्तर–पार्टी जनवादलाई पूर्णरूपले प्रवद्र्धन गर्दैनौ र जवसम्म हामीले सर्वहारा जनवादको पूर्ण कार्यान्वयन गरिदैन्, चीनका लागि सा“चो सर्वहारा जनवाद हुन असम्भव हुनेछ ।

 

जनवादको उच्चता विना केन्द्रीयताको उच्चता असम्भव छ र केन्द्रीयताको उच्चता वीना समाजवादी अर्थतन्त्र स्थापना असम्भव छ । र यदि हामी समाजवादी अर्थतन्त्र स्थापना गर्न असफल हुन्छौ भने हाम्रो देशको लागि के हुने छ ? यो एउटा संशोधनवादी राज्यमा परिवर्तन हुने छ, वास्तवमा एउटा पु“जीवादी राज्य, र सर्वहाराको अधिनायकत्व पुजीपतिको अधिनायकत्व र त्यसमा एउटा प्रतिक्रियावादी, फासिष्ट अधिनायकत्वमा परिवर्तन हुने छ ।

 

माओका उल्लेखित भनाइहरु कति सान्दर्भिक देखिन्छन् अहिलेको नेपाली कम्युनिस्टहरुका लागि, खासगरी सत्ताधारी कम्युनिस्टहरुका लागि । नेपालीहरुको ठूलो जनमत अहिले यीनै सत्ताधारी कम्युनिस्टहरुका पछाडि लागेर संसदीय व्यवस्थालाई सुदृढ गर्ने कार्यमा तर कम्युनिस्ट हौ भन्दै हिंडिरहेका छन् ।

तर यो अवधिमा नेपाली जनताले र स्वयम् नेकपा(नेकपा)भित्रका कैयौ नेता तथा कार्यकर्ताहरुले भन्दैछन्–“के हामी सही मानेमा कम्युनिस्ट हौत? के हाम्रो पार्टी नेकपा(नेकपा) एउटा कम्युनिस्ट पार्टी हो त ? तर पनि आम नेपाली र वाह्य क्षेत्रमा पनि काफी भ्रम छ कि यो कम्युनिस्ट पार्टी हो । यो भ्रमलाई चीर्न अति आवश्यक छ ।

माओले १९६२को जनवरीमा जनताको जनवाद, अन्तर–पार्टी जनवाद र सर्वहारा जनवादवपारे भनेको कुरा सबैले इमान्दारिताका साथ मनन गरेमा यो आफै स्पष्ट हुन्छ कि को सही कम्युनिस्ट हो र को संशोधनवादी कम्युनिस्ट ? के पनि स्पष्ट हो भने माओका उल्लेखित भनाइहरुको बुझाइमा एउटा सही कम्युनिस्ट हुनका लागि अन्तरपार्टी जनवाद र जनताको जनवाद भनेर मात्रै काफी छैन, त्यसका लागि अति नै महत्वराख्ने भनेको सर्वहारा जनवाद नै हो ।

 

यदी अन्तरपार्टी जनवाद र जनताको जनवाद छ तर सर्वहारा जनवाद छैन भने त्यो सर्वहाराको अधिनायकत्व नभई पु“जीपतिको अधिनायकत्व हुन जान्छ र त्यो क्रमसः एउटा प्रतिक्रियावादी, फासिष्ट अधिनायकत्वमा परिवर्तन हुने स्पष्ट छ ।

अहिले नेकपा(नेकपा)मा त्यसका नेताहरु भन्ने गर्दछन् र पार्टीभित्र एमालेले लिंदै आएको मदनभण्डारीको जनताको बहुदलीय जनवाद वा माआवादी केन्द्र(प्रचण्ड)ले पेश गरेको जनताको जनवाद रुवारे बहस चलाउने कुरा गरीरहेका छन् ।

वास्तवमा यी दुवै सही मानेमा माक्र्सवाद–लेनिनवाद–माओवाद नै होइन । यो त अन्तराष्ट्रिय कम्युनिस्ट आन्दोलनभित्रको उउटा संशोधनवादी धारको प्रतिनिधित्व हो । सांचै भन्ने हो भने त वर्तमान नेकपा(नेकपा) सरकार त एउटा पुँजीवादी लोकतान्त्रिक मूल्यमान्यतामा पनि चल्न सकेको छैन । यो दलाल, नोकरशाहा तथा विचौलिया, तष्करहरुको हितका लागि काम गरिरहेको छ ।

 

अन्तराष्ट्रियस्तरमा पुँजीपति वर्गको लागि कामगर्ने संस्था–ट्रान्सपरेन्सी इनटरनेशनलले हालै २४ नोभेम्वरमा प्रकाशित भ्रष्टचारवारेको प्रतिवेदमा नेकपा(नेकपा)सरकारका प्रधानमन्त्री स्वयम् भ्रष्टचारका संरक्षक भनेर गम्भीर आरोप लगाएको छ ।

 

यसले पनि स्पष्ट हुन्छ,यो सरकारभित्र जे भइरहेको छ, त्यो त्यहाँ न जनताको जनवाद छ नत अन्तर–पार्टी जनवाद छ । यो सरकार राष्ट्रियताको हिसावले राष्ट्रघाती छ, जनतन्त्रको हिसावले पासिष्ट बन्दै छ, जनजीवीकाको हिसावले जनतामाथि विभन्न अनावश्यक करहर तथा महंगीको भारी बोकाएको छ ।

 

यस्तो राष्ट्रघाती, जनतन्त्र विरोधी तथा जनविरोधी कसरी एउटा कम्युनिस्ट सरकार हुन सक्छ,यस्तो सरकारका लागि सर्वहारा जनवाद त उनीहरुको दिमागमै हुने कुरै भएन । त्यसैले त्यो एउटा कम्युनिस्ट पार्टी नभई ओली र उनका चाटुकारहरुको एउटा प्रतिक्रियावादी, फासिष्ट अधिनायकत्वमा परिवर्तन हुने सम्भावना स्पट देखिदै छ ।

क। माओले चीनको सन्दर्भमा ऐतिहासिक अनुभवबाट पाठ सिक्दै, निम्न पद्धतिमा अन्तर पार्टी सङघर्षका तरिकाहरू प्रस्तुत गर्नु भएको छ । ती पद्धतिलाई उहाँले यसरी प्रस्तुत गरेको पाइन्छ–“पार्टीका सबै नेतृत्वदायी सदस्यहरूले अन्तरपार्टी जनवादलाई प्रवद्र्धन गर्नै पर्दछ र जनतालाई खुलेर बोल्न दिनु पर्छ ।

सिमाहरू के हुन् ? पहिलो पार्टी अनुशासन पालना गरिनु पर्छ, अल्पमत बहुमतको मातहतमा र समस्त सदस्य केन्द्रीय समिति प्रति । अर्को सिमा भनेको गोप्य फयाक्सन संगठित गर्न पाइने छैन् ।

 

हामिहरूलाई खुला विरोधीहरूको डर छैन् , हामीहरू गोप्य विरोधीहरूको मात्रै डर मान्छौ । यस्ता मानिसहरू तिमीसंग सत्य बोल्दैनन्, तिनीहरूले जे भन्दछन् झुट र फरेव मात्रै भन्दछन् । तिनीहरू उनीहरूको वास्तविक मनोभाव प्रस्तुत गर्दैनन् ।

 

जहा“सम्म एउटा मानिसले नियम उलङघन गर्दैन् र गोप्य फयाक्सनल कृयाकलापमा संलग्न हुदैन् , हामीले उसलाई बोल्न छुट दिनु पर्छ र यदि उसले गलत चीज भनेता पनि उसलाई दण्ड दिइनु हुदैन् ।

 

यदि मानिसले गलत चीज भन्दछ, उनीहरूलाई आलोचना गर्न सकिन्छ, तर उनीहरूलाई हामीले कारण सहित सम्झाउनु पर्छ । यदि उनीहरू अझै पनि सम्झदैनन् भने के गर्ने रु”यसको उत्तरमा उहाँ भन्नुहुन्छ–“जवसम्म तिनीहरू प्रस्तावहरूद्धारा र नियमहरुद्धारा वा“धिएका हुन्छन् र बहुमतले लिएका निर्णयहरूमा अल्पमतले आफ्नो मतलाई कायमै राख्दै कार्यान्वयनमा दिलो ज्यानले लाग्दछन्, तिनीहरू पार्टीभित्रकै क्रान्तिकारी कमरेडहरू हुन् ।

माओको यो बुझाई आफैमा यति स्पष्ट थियो कि जवसम्म समाजमा वर्ग सङ्घर्षको अस्तित्व रहिरहन्छ, त्यसवेलासम्म पार्टीमा त्यसको प्रतिविम्व माओको शब्दमा वर्ग सङ्घर्ष नै चलिरहन्छ जसलाई उहा“ले पार्टीभित्र चल्ने दुई लाइन सङ्घर्ष भन्नु भएको छ ।

 

त्यसकारण यो खालको सङ्घर्षलाई सञ्चालन गर्ने विधि भनेको जनवादी केन्द्रीयता अनुसारमा खुल्ला लडाई गरिनु पर्दछ भन्ने हो । यसरी माओकोे, दुई लाइन सङ्घर्षको अवधारणाको उहाँको बुझाई र कार्यान्वयनमार्फत वर्गहरू, वर्ग सङ्घष र अन्तरपार्टी सङ्घषलाई एउटा सही द्धन्दात्मक पद्धतिमा ल्याउने प्रयास थियो ।

के सही हो भने कम्युनिस्ट पद्धति, जो द्धन्द्धात्मक भौतिकवादमा आधारित हुन्छ समाजमा विद्यमान वर्गहरूको परावर्तनको रूपमा कम्युनिष्ट पार्टीभित्र वेठिक मतहरूलाई हेर्नु आवश्यक हुन्छ । यसरी जुन लामो समयसम्म समाजमा वर्गसङ्घर्ष निरन्तर भइरहन्छ ।

 

पार्टीभित्र विचारधारात्मक सङघर्षमा यसको परावर्तन अनिवार्य छ । अहिले नेकपा९नेकपा०भित्र यही भइरहेको छ तर विडम्वना के भएको छ भने उक्त पार्टीभित्र सही र गलतका बीचमा अन्तरपार्टी संघर्ष नभई गलत र गलतका बीचमा पद, पैसा र प्रतिष्ठाको लडाइ भइरहेको छ, जो एउटा कम्युनिस्ट पार्टीमा नभई पुँजीवादी पार्टीमा भइरहने कुरा हो ।

रुप र नाममा नेकपा(नेकपा) एउटा कम्युनिस्ट पार्टी भनिएता पनि सारमा ओली र उनका चाटुकारहरुको एउटा प्रतिक्रियावादी, फासिष्ट अधिनायकत्वमा परिवर्तन हुने सम्भावना भएको पार्टी हो, जहाँ जनताको जनवाद नाममा छ, अन्तर–पार्टी जनवाद कुरामा छ र सर्वहारा जनवाद त उक्त पार्टीको दिल, दिमाग र दस्तावेज कही पनि छैन ।

 

सारमा जवसम्म हामीले जनताको जनवाद, अन्तर–पार्टी जनवादलाइ प्रवद्र्धन गर्र्दै सर्वहारा जनवादको पूर्ण कार्यान्वयन गर्दैनौ तवसम्म हामी सही मानेमा माक्र्सवादी–लेनीनवादी–माओवादी पार्र्टीका नेता तथा कार्यकर्ता हुन सकिदैन ।

 

यही कुरा नेपालका अत्यधिक कम्युनिस्ट पार्टीहरुमा र खासगरी नेकपा(नेकपा)मा लागु भइरहेको छ । त्यसैकारण बहुसंख्यक कम्युनिस्ट पार्र्टीका नेता तथा कार्यकर्ता सही मानेमा कम्युनिस्ट हुन सकिरेहेका छैनन ।