संसद विघटन गर्नु देशको विद्यमान राजनीतिक सङ्कट प्रतिक्रियावादी राज्यसत्ता, व्यवस्था र संविधानको असफलताको परिणाम: महासचिव क.किरण

काठमाडौं,पुस ५ । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव क. किरणद्धारा संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको कदम एउटा प्रतिगामी कदम हो र यो देशको विद्यमान राजनीतिक सङ्कट प्रतिक्रियावादी राज्यसत्ता, व्यवस्था र संविधानको असफलताको परिणाम हो भन्दै प्रेस वक्तव्य प्रकाशित गरिएको छ।

  पूर्णपाठ तल दिइएको छ ! 

प्रेस–वक्तव्य
सत्ता र सुविधाको लुछाचुँडीका निम्ति सत्ताधारी नेकपामा सुरुभएको अन्तरकलह र कचिङ्गल आज २०७७ मङ्सिर ५ बिहानको मन्त्रीमण्डलको बैठकसम्म आइपुग्दा संसद विघटनको सिफारिस गर्ने हदसम्म विकास हुन पुगेको छ । प्रधानमन्त्री ओलीले राष्ट्रपति समक्ष प्रस्तुत गरेको उक्त सिफारिसलाई राष्ट्रपति भण्डारीले अनुमोदन गरी आगामी २०७८ बैशाख १७ र २७ गते मध्याबधि निर्वाचनको तिथिमिति समेत घोषणा गरेकी छिन् । यो प्रतिगामी कदम हो ।

देशको विद्यमान राजनीतिक सङ्कट प्रतिक्रियावादी राज्यसत्ता, व्यवस्था र संविधानको असफलताको परिणाम हो । संसदीय व्यवस्थाकै कारण पैदा भएको वर्तमान सङ्कटको समाधान साम्राज्यवादी तथा विस्तारवादी चलखेलमा गरिने अर्को संसदीय निर्वाचनले गर्न सक्दैन । यस सङ्कटको एकमात्र समाधान सङ्घीय जनगणतान्त्रिक सत्ता, व्यवस्था र सरकारको स्थापना हो । यसलाई आम जनताले मनन गर्नु जरुरी छ ।
मिति : ५ पुष २०७७

किरण
महासचिव
नेकपा (क्रान्तिकारी माओवादी)