इलाका प्रशासन कार्यालय गौरीगञ्जका प्रमुखसहित कार्यालय सहयोगी समेत प्रहरी नियन्त्रणमा

काठमाडौं,पुस १२। इलाका प्रशासन कार्यालय गौरीगञ्जका प्रमुख धनन्जय शाहलाई प्रहरीले पक्राउ गरेको छ ।

उनी सहित कार्यालयका एक सहयोगी समेत पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले जिल्ला प्रशासन कार्यालयको निर्देशनमा शाहसहित केहि कर्मचारी प्रशासनमा आएको बताए ।

 

उनले भने, ‘जिल्ला प्रशासन कार्यालयले सोधपुछ गर्नु छ भने पछि उहाँहरु कार्यालयमा आउनु भएको हो । यस बारेमा अहिले यति मात्रै भन्न मिल्छ ।’ उनीहरुमाथि प्रारम्भीक अनुसन्धान भई रहेको प्रशासनले जनाएको छ ।

 

गौरीगञ्ज पश्चिमी झापाको भारतसँग सीमाना जोडिएको क्षेत्र हो । कार्यालय प्रमुख शाहमाथि नागरिकता प्रदानको बिषयमा छानविन भई रहेको बुझिएको छ ।