क्रान्तिकारी माओवादी निकट अखिल क्रान्तिकारीको आयोजनामा काठमाडौंको माइतीघर मण्डलामा विरोधसभा सम्पन्न: संसदीय व्यवस्थाको विकल्प जनगणतन्त्रको स्थापन

काठमाडौं,पुस १२ ।  काठमाडौंको माइतीघर मण्डलामा आज नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल क्रान्तिकारीले विराेध सभा सम्पन्न गरेकाे छ।

 

अहिलेकाे वर्तमान केपी ओली सरकारको प्रतिगमनकारी कार्यका विरुद्ध र संसदीय व्यवस्थाको विकल्पका रुपमा जनताको  जनगणतन्त्रको स्थापनका लागि अघि बढौ ! शिक्षा र स्वास्थ्यलाई राष्ट्रियकरण गरी निशुल्क, सर्वशुलभ तथा वैज्ञानिक र जनवादी शिक्षाका लागि संघर्ष गरौ ! शैक्षिक दलाल, भ्रष्ट माफियाहरुलाई कारवाही गरौ ! भन्ने मूल नाराहरुका साथ विरोध कार्यक्रम सम्पन्न गरिएको थियाे।

 

उक्त कार्यक्रमको सञ्चालन अखिल (क्रान्तिकारी)का महासचिव पेशल दाहालले गरेका थिए भने कार्यक्रमलाई सम्वोधन अखिल (क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेल र उपाध्यक्ष शिलु न्यौपानेले गरेका थिए।