यस्तो छ, आजको मौसम पर्वानुमान

काठमाडौं,पुस १४। मौसम पर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्‍चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

अहिले सुदुरपश्‍चिम प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं १ का पहाडी भुभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।महाशाखाका अनुसार आज दिनभरको मौसम यसप्रकार रहनेछ ।

 

आज दिउँसो प्रदेश नं १ को पहाडी भुभागमा आंशिक बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।त्यस्तै राती सुदुरपश्‍चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

 

तापक्रम चिसो रहिरहने तथा तराई र पहाडी भूभागका केही स्थानमा बिहानीपख हुस्सुरकुहिरोको कारणले वायुको पारदर्शितामा कमी हुन गई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।