नेपालमा थप ५११ जनामा कोरोना संक्रमण पुष्टि,कुन जिल्लामा कति थपिए संक्रमण

काठमाडौं,पुस १५। नेपालमा थप ५११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार ५११० जनामा गरिएको परीक्षणमा ३०७ पुरुष र २०४ महिला गरी ५११ जनामा संक्रमण पुष्टि भएको हो ।

 

  योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ६० हजार ५९ पुगेको छ ।पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ६०० रहेको छ ।

 

हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ५१ हजार ९१२ रहेको छ । कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएको छ ।

 

हालसम्म मृत्यु हुनेको संख्या १८४७ पुगेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा २२५, ललितपुरमा ४९ र भक्तपुरमा ३८ जनामा कोरोना भाइरस संक्रमण भएको छ । त्यस्तै कास्कीमा ५०, रुपन्देहीमा १९, चितवनमा १६ र पाल्पामा १० जनामा संक्रमण देखिएको छ । 

  कुन जिल्लामा कति थपिए संक्ररमित                  

 प्रदेश १ को खोटाङमा २, झापामा ६, ताप्लेजुङमा १, मोरङमा ८ र सुनसरीमा ७ जनामा कोरोना पुष्टि भएको छ। प्रदेश २ को धनुषामा १ र पर्सामा १ जनामा कोरोना पाइएको मन्त्रालयले जनाएको छ।

 

बागमती प्रदेशको काठमाडौंमा मात्र २ सय २५ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा ६, चितवनमा १६, दोलखामा ९, धादिङमा ४, नुवाकोटमा १, भक्तपुरमा ३८, रामेछापमा ४, ललितपुरमा ४९, सिन्धुपाल्चोकमा १ र सिन्धुलीमा २ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

 

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा ५०, गोरखामा १, तनहुँमा ६, नवलपरासीमा पूर्वमा २, म्याग्दीमा १, बागुलङमा ३ र स्याङजामा २ जनामा कोरोना पुष्टि भएको छ।

 

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा २, कपिलवस्तुमा ३, गुल्मीमा ७, दाङमा ७, नवलपरासीमा ३, पाल्पामा १०, बर्दियामा ४, बाँकेमा ५, रुकुम पूर्वमा १ र रुपन्देहीमा १९ जनामा कोरोना पाइएको छ।

 

गत २४ घण्टामा कर्णाली प्रदेशको कुनै पनि जिल्लामा संक्रमित नभेटिएको मन्त्रालयले जनाएको छ। यस्तै, सुदूरपश्चिम प्रदेशको डडेल्धुरामा २, डोटीमा १ र बझाङमा १ जनामा कोरोना भेटिएको छ।