यस्तो छ, आजको मौसम पूर्वानुमान

काठमाडौँ,पुस १६। मुलुकभर आज पनि पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । पश्चिमी वायुको प्रभावले अहिले मुलुकभर पहाडी भेगमा आंशिक बदली अवस्था रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पहाडी भूभाग बाहेकका क्षेत्रमा भने मौसम सामान्यता सफा रहेको छ ।

 

पश्चिमी वायुको प्रभावले आज दिउँसो प्रदेश १ मा आंशिक बदली, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

 

चिसो रहिरहने भएकाले तराई र पहाडी भूभागका केही स्थानमा बिहानीपख हुस्सु र कुहिरोको कारणले वायुको पारदर्शितामा कमी भइ सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।

 

आज दिउँसो प्रदेश १ मा आंशिक बदली, लुम्बिनी, सुदुरपश्चिम र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

 

त्यस्तै राती प्रदेश १ मा आंशिक बदली, सुदुरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।

 

तापक्रम चिसो रहिरहने हुनाले चिसोबाट बच्न तथा तराई र पहाडी भूभागका केही स्थानमा बिहानीपख हुस्सुरकुहिरोको कारणले वायुको पारदर्शितामा कमी हुन गई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ।