नेकपा दाहाल–नेपालसमूह दोस्रो चरणको आन्दोलन घोषणा गर्दै

काठमाडौँ,पुस १८। प्रतिनिधिसभा विघटनपछि विभाजन देखिएको सत्तारूढ नेकपाको दाहाल९नेपाल समूहले आज सरकारविरूद्ध दोस्रो चरणको आन्दोलन घोषणा गर्दैछ ।

 

आन्दोलन परिचालन गर्न गठित प्रवक्ता नारायणकाजी श्रेष्ठ नेतृत्वको समितिले अपराह्न ३ बजे पत्रकार सम्मेलनमार्फत दोस्रो चरणको कार्यक्रम घोषणा गर्ने नेता हिमाल शर्माले जानकारी दिए ।

 

प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको आन्तरिक द्वन्द्वको सजाय जनप्रतिनिधिको थलो प्रतिनिधिसभालाई बनाएर असंवैधानिक काम गरेको भन्दै दाहाल९नेपाल समूह रूष्ट छ ।

 

सो कदमको अरू दलले पनि विरोध गरेपछि संयुक्त आन्दोलन गर्ने तयारीमा जुटेको दाहाल९नेपाल समूहलाई नेपाली कांग्रेसले तत्कालै संयुक्त आन्दोलनमा साथ नदिने भएपछि दोस्रो चरणको आन्दोलनमा जान लागेको हो ।

 

प्रतिनिधिसभा विघटन भए शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने बनाएर संयुक्त सरकार चलाउने तथा विघटन भए तालमेल गरेर चुनावमा जान ओली९देउवा सहमत भएको सार्वजनिक भएपछि दाहाल९नेपाल समूह संयुक्त आन्दोलनको विकल्पमा पुगेको स्रोतको दाबी छ ।

 

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले दिने आदेश अनुसारको कदम चाल्ने कांग्रेसको तयारी छ । कांग्रेस केन्द्रीय सदस्य कल्याण गुरूङका अनुसार चुनाव भए पनि आन्दोलन भए पनि कांग्रेसले कसैसँग सहकार्य गर्ने छैन ।

 

‘कांग्रेस अहिले सडकमा छ, अदालतको निर्णय हामीलाई मान्य छ, जस्तो आदेश आए पनि हामी कसैसँग तालमेल नगरी अघि बढ्छौँ चाहे त्यो आन्दोलन होस वा चुनाव,’ गुरूङले भने ।

 

संयुक्त आन्दोलन नगर्ने कांग्रेसको प्रष्ट संकेतपछि दाहाल९नेपाल समूहले अब जनपरिचालनलाई प्रभावकारी बनाउने गरीका आन्दोलनका कार्यक्रम ल्याउन लागेको जनाइएको छ ।