नेपालमा थप ४ सय १९ जनामा कोरोना संक्रमण पुष्टि,कुन जिल्लामा कति थपिए संक्रमित

काठमाडौं,पुस १८। नेपालमा थप ४ सय १९ जनामा कोरोना भइरसकाे संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या २ लाख ६१ हजार ४ सय ३८ पुगेको जनाएको छ। जसमध्ये ५ हजार ७ सय ११ जना सक्रिय संक्रमित छन्।

 

पछिल्लाे २४ घण्टामा ५ हजार जनाको पिसिआर परीक्षण गर्दा ४ सय १९ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १९ लाख ४२ हजार ७ सय २ पुगेको छ।

 

शनिबार थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८ सय ७० पुगेको मन्त्रालयले जनाएको छ। हाल ३ सय ६७ जना क्वारेन्टाइनमा छन्।

 

पछिल्लाे २४ घण्टामा ७ सय ५० जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ५३ हजार ८ सय ५७ पुगेको मन्त्रालयले जनाएको छ।

कुन जिल्लामा कति थपिए संक्रमित

प्रदेश १ को इलाममा १, ओखलढुंगामा १, झापामा ७, भोजपुरमा १, मोरङमा १५ र सुनसरीमा ९ जनामा कोरोना पुष्टि भएको छ।

 

प्रदेश २ को बारा र महोत्तरीमा १÷१ जनामा मात्र कोरोना पाइएको मन्त्रालयले जनाएको छ।

 

बागमती प्रदेशको काठमाडौंमा मात्र १ सय २४ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा ९, दोलखामा ४, धादिङमा ३, नुवाकोटमा २, भक्तपुरमा ५, मकवानपुरमा ४, रामेछापमा ८, ललितपुरमा २५, सिन्धुपाल्चोकमा २ र सिन्धुलीमा ३ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

 

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा ३९, गोरखामा २, तनहुँमा २, पर्वतमा ३, म्याग्दीमा ५, लमजुङमा २, बागुलङमा ५ र स्याङजामा ४ जनामा कोरोना पुष्टि भएको छ। लुम्बिनी प्रदेशको अर्घाखाँचीमा १, कपिलवस्तुमा ८, गुल्मीमा ३, दाङमा ३, नवलपरासीमा २, पाल्पामा १३, प्युठानमा २, बर्दियामा ४, बाँकेमा १४ र रुपन्देहीमा १९ जनामा कोरोना पाइएको छ।

 

गत २४ घण्टामा कर्णाली प्रदेशको कालिकोटमा १, जुम्लामा १, दैलेखमा ३ र सुर्खेतमा १ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

 

यस्तै, सुदूरपश्चिम प्रदेशको अछाममा १, कञ्चनपुरमा १८, कैलालीमा २२, डडेल्धुरामा १, दार्चुलामा ५, बझाङमा ४ र बैतडीमा ६ जनामा कोरोना भेटिएको छ।