यस्तो छ, आजको मौसम पूर्वानुमान

काठमाडौं,पुस २७। हाल देशभरको मौसममा प्रभाव पार्ने कुनै उल्लेखनी मौसमी प्रणालीको उपस्थिति देखिएको छैन। हाल प्रदेश १ र प्रदेश २ का केही भू–भागको मौसममा आंशिक बदली रहेको छ।

 

आज विहान ६ बजे काठमाडौंको बायुको तापक्रम ५ डिग्री सेल्सियस रहेको छ । त्यस्तै आजको अधिकतम तापक्रम १९ डिग्री सेल्सियस पुग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

 

आज दिउँसो प्रदेश १, प्रदेश २ र बागमती प्रदेशको मौसममा आंशिक बदली रहन सम्भावना छ । देशका बाँकी भू–भागहरुको मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ।

 

त्यसैगरी आज राति प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशको मौसममा आंशिकदेखि सामान्य बदली रहने सम्भावना छ ।

प्रदेश १ र प्रदेश २ का एक दुई स्थाानमा हल्का वर्षाको सम्भावाना पनि देखिएको छ । देशका भने बाँकी भू–भागहरुको मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।