दूरदृष्टि व्यक्तित्वका रुपमा पृथ्वीनारायण शाहको योगदानको स्मरण गरिंदै

काठमाडौँ,पुस २७। आज पुस २७ गते, राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको २९९ औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरेर राष्ट्रिय एकता दिवस मनाइँदैछ।

 

 गोरखा राज्यका राजा नरभुपाल शाह र रानी कौशल्याओतीका जेठा सुपुत्र श्री ५ बडा महाराज धिराज पृथ्वीनारायण शाहको जन्म वि.स.१७७९ मा गोरखा जिल्लामै भयो। सानै उमेरदेखि दुदर्शि र हक्की स्वभाबका पृथ्वीनारायण शाहमा रामायण र महाभारतको पनि राम्रो ज्ञान थियो।

घोडादौड,तरबार खेल तथा धनुवाणमा निकै रुचि राख्ने शाह खेलमा पनि उतिकै तेज र अब्बल थिए ।

 

वि.स १७९९ मा राजा नरभुपाल शाहको मृत्यु पश्चात उनी २० वर्षकै उमेरमा राजा बनेर राज्जभाट सम्हालेका पृथ्वीनारायण शाहलाई एकै राष्ट्रमा २२ से र २४ से राज्य विभाजित भएर एक आपसमा झैझगडा गरेको पटक्कै मन परेको थियन।त्यसैले टुक्रा टुक्राकामा विभाजित रहेका २२ से र २४ से राज्यलाई एकिकरण गर्न संकल्प गरे। २२ से र २४ से राज्य एकिकरण गरेर देशको नाम नेपाल राख्ने र राजधानी काठमाडौंलाई बनाउने सपना पृथ्वी नारायण शाहको थियो।

 

। त्यसका लागी सबै भन्दा पहिला आफ्नो छिमेकी राज्य लम्जुङ संग वि।स १७९९मा सन्धी गर्दै सुरु गरे।पहिलो पटक वि।सं १८०० मा नुवाकोटमा आक्रमण गरे तर पहिलो गासमै ढुंगा लाग्यो।

 

यस हार बाट पृथ्वी नारायण शाहले आफ्नो राज्य सेना,हतियार र तालिम निकै कमजोर भयको महुसुस गरेर हतियार लिनको लागि भारतको बनारस गए।

 

युद्धको लागि आधुनिकि हतियार गोरखा राज्ज भित्र्याई आफ्ना, सैनिकलाई प्रयाप्त तालिम दिइ दोस्रो पटक वि।सं १८०१ मा नुवाकोटलाई आक्रमण गर्दा सफल भए।

 

कठमाडौंलाई आक्रमण गर्न त्यती सजिलो थियन।गोरखा राज्य आर्थिक रुपमा पनि कमजेर थियो। यता मकवानपुर सम्पन्न थियो।आफ्नो राजनितीक सफलताको लागि पृथ्वी नारायण शाहले मकवानपुरकी राजाकुमारी इन्दर कुमारी संग पहिलो विवाह वि.सं १७९४ मा गरे र मकवानपुर संग सम्बन्ध बढाए।

 

त्यस्तै दोस्रो विवाह काशीका अभिमान सिंह राजपुतकी छोरी नरेन्दर लक्ष्मी संग भयको थियो र प्रताप सिहं शाह र बाहदुर शाह जन्मिए।

 

वि।सं १९१२ मा लम्जुङको र तनहुको जित पछि आसपासका राज्य एक पछि अर्का गर्दै आफ्नो कब्जामा लिय। त्यस लगतै पृथ्वी नारायण शाहको आखा काठमाडौं उपत्यकता तिर गयो र पहिलो पटक वि.स. १८१४ मा किर्तीपुर माथी आम्रमण गरे र धेरै धन जनको क्षती पनि बेर्होनु पर्यो। विं.स १८१९ मा मकवानपुर माथी सफलता हासिल गरे।

 

१८२१ मा दोस्रो हार पछि तेस्रो अमक्रमणमा मात्र किर्तीपुर माथी विजय प्राप्त गर्न सफल भयो गोरखा राज्य सफल भयो। वि.स १८२३ मा सल्यानका राजा श्रीकृष्ण शाहका छोरा रणभिम शाह संग आफ्नी छोरी विलासी शाहको विवाह गर्दै सुमधुर सम्बन्ध बनाए ।

 

कीर्तीपुर राज्य विजय प्राप्त गरिसके पछि चारै तिरबाट उपत्यकमा नाकाबन्दी लगाय र वि.सं. १८२५अश्विन १३ गते इन्द्र जात्राको समय पारी कान्तीपुर कब्जामा लिय, वि.सं १८२५ अश्विन २५ गते पाटनका राजाले विना युद्द अमत्मसमर्पण गरे।

 

भक्तपुरका राजा भने आत्मसमर्पण गर्न स्थितिमा नभै छिमेकी र अंङग्रजीको सहयोगमा युद्द गर्ने मनस्थितिमन थिय।यो रणनिती गोर्खालीले सुइको पाइसके पछि भक्तपुर माथी हमला गर्न तर्फ लागे।यो युद्दमा धेरै जनधनको बिनास भयो अन्तन भक्तपुरका राजाले गोर्खाली संग अमत्मसमर्पण गरे।

उपत्यकामा सफलता हात पारिसके पछि पृथ्वी नारायण शाह पछि पछ्चिम तर्फ एकिकरण गर्न थाले।

 

यसरी नेपाल एकिकरण गर्दै गर्दा वि.स.१७७५ मङ्सिरको जाडो छल्न नुवाकोट गएका पृथ्वी नारायण शाहको नुवाकोट दरवारमा माघे सक्रान्तीका दिन ५२ वर्षमा मृत्यु भयो।

 

पृथ्वी नारायण शाहको जन्म दिनलाई राष्टय एकता दिवसको रुपमा नेपाला मनाउनुका साथै पृथ्वी नारायण शाहलाई राष्ट्र पिताका नाउँमा समेत पुजिने गरिन्छ।

 

नेपाल ४ वर्ण ३६ जातको साझा फुलबारी हो,घुस दिन्या र घुस लिन्या दुबै देशकमा शत्रु हुन,नेपाल दुई ढुङगा बिचको तरुल हो, जस्ता पृथ्वी नारायण शहका भनाई आजको दिनमा पनि स्थापित तथ्य रहेका छन।