आज मिति २०७७ साल माघ ५ गते सोमबार भगवानको दर्शन गरि आजको राशिफल पढ्नुहोस्

मेष –मेष राशि भएकाहरूका आज पनि समय ठीक छैन । जे काम गर्न खोज्यो बाधामात्रै पर्न सक्नेछ । काम गर्ने वातावरण पनि राम्रो नमिल्ने, जता गयो काममा ढिलासुस्ती तपाईंको मन पनि अस्थिर भइरहने छ । आँटेका, शुरु गरेका काम थोरै पूरा हुने, धेरै अधूरा रहने छन् । ठूलो लगानी नगर्नु नै वेस हुनेछ । आज जे काम गर्दा पनि विशेष सतर्क हुनुपर्ने देखिन्छ ।

 

वृष-वृष राशि भएकाहरूका लागि आज पनि समय शुभ रहनेछ, आम्दानीका नयाँ स्रोत थपिने देखिन्छ । जमिनसम्बन्धी जुनसुकै पेशा अथवा नगदेवालीमा आधारित कामबाट फाइदा राम्रै पाइने देखिन्छ । धार्मिक कार्यक्रमा दिन बित्नेछ।पुराना इष्टमित्र एक्कासी भेट होलान् । आज तपाईं जे चाहनु हुन्छ त्यो काम बन्ने छ, त्यसैले नयाँ व्यवसायमा लगानी आजै गर्नुहोला ।

 

मिथुन –आज मिथुन राशि भएकाहरूका लागि आज पनि समय मध्यम खालको छ । स्वास्थ्यमा खासै खराबी नआउला । आँटेका काम सबै पूरा नभए पनि हतासको अनुभव नगरी लागि पर्दा राम्रो हुनेछ । आज ठूलो लगानी गर्नु जोखिमपूर्ण छ । त्यसकारण तत्काल पेशा परिवर्तन, ठूलो लगानी, कसैलाई नगद पैसा दिने काम नगर्नु नै वेश हुनेछ ।

 

कर्कट – आज कर्कट राशिका लागि आज पनि समय खराब छ । आकस्मिक खराबी आउन सक्ने, आफ्नै रिसको झोंकमा काम बिगार्दै हिंड्ने, औषधी उपचार गर्दा छिटो स्वास्थ्य सुधार नहुने, जताबाट पनि तपाईलाई समय राम्रो छैन । आज सकेसम्म पश्चिम दिशाको यात्रामा नजानुहोला । आज धार्मिक एवं सामाजिक क्षेत्रमा लाग्नुभएमा ठूलो घाटाबाट बच्न सकिनेछ ।

 

सिंह –आज सिंह राशि भएकाहरूका लागि आज पनि समय शुभ छैन । सरकारी कार्यालयबाट लिने काम बन्ने छैन । आश्रित कर्मचारी, आफ्ना छोराछोरी पनि तपाईंको पक्षमा देखिंदैनन् । स्वास्थ्य पनि भरपर्दो नरहला । अनावश्यक खर्चले सताउला । आज सबै काममा सावधानी राख्नु नै बेस हुनेछ । आज पश्चिम दिशाको यात्रामा गएर कुनै पनि काम बन्ने छैन ।

 

कन्या – कन्या राशि भएकाहरूका लागि आज पनि समय राम्रै छ । स्वास्थ्यले साथ राम्रै दिनेछ । मनमा फूर्ति र उत्साह बढेकै हुनेछ । काममा जाँगर बढ्नेछ, नयाँ जागीर खाने ईच्छा भएमा प्रयास गर्नु होस् सफलता मिल्ने छ । कसैलाई नगद धन दिएका भए आज माँगे पाइन्छ । तपाईंले आँटेका सबै काममा राम्रो सफलता पाइने ज्योतिष भविष्यवाणी दृष्टिकोणमा देखिन्छ ।

 

तुला – तुला राशि भएकाहरूकार। लागि आज स्वास्थ्य राम्रो रहनेछ । स्वास्थ्यबारे ढुक्क हुनुहोस् । ठूलो खराबी केही हुनेवाला छैन । तर खान पाइयो भनेर खीर धेरै नखानुहोला । गीत, संगीत, साहित्यलगायत सांस्कृतिक कार्यक्रममा जाने निम्ता पनि पाइनेछ । नयाँ पुराना धेरै मित्रहरु भेट्न पनि पाइने छ । निष्कर्षमा तपाईंलाई आज सबै प्रकारले राम्रो हुन सक्ने देखिन्छ ।

 

वृश्चिक – वृश्चिक राशि भएकाहरूका लागि आज आफन्त पर्ने व्यक्ति नै बाधा पु¥याउने देखिन्छ । मनमा ढुक्कपन नहुने, जे काम गर्न खोज्यो विना पैसा काम नबन्ने देखिन्छ । पेट वा शरीरको कुनै भागमा चोट लाग्ने बलियो सम्भावना छ । गाडी चलाउँदा विशेष ख्याल गर्नु होला । कडा परिश्रम नगरी नहुने भए पनि समयमा खाना खान नपाइने वा गड्बडीको सम्भावना बलियो छ ।

 

धनु स् धनु राशिका लागि आज पनि समय अत्यन्तै खराब छ । साना–साना कुरामा पनि शंका र चिन्ता गर्ने देखिन्छ । जहाँ नजानु पर्ने हो बाध्यताले जानै पर्ने, अरु व्यक्तिले दिएको नखानु पर्ने हो तर खानैपर्ने र आफ्नोबारे निन्दा अपमान सुन्नुपर्ने समय छ । तपाईंको काम आफन्त पर्ने व्यक्तिबाट नै बिग्रने देखिनेछ । आम्दानीभन्दा खर्चले जित्ने दिन पनि छ ।

 

मकर – मकर राशि भएकाहरूका लागि आज पनि स्वास्थ्य मध्यम राम्रो रहनेछ । सन्तुलित भोजन र शारीरिक व्यायाम राम्रो भएमा स्वास्थ्य ठीकठाक रहनेछ । नौलो ठाउँ, नौला व्यक्तिसँगको भेटघाटले मनमा प्रशन्नताको अनुभव हुनेछ । आवश्यक पर्ने पैसाको जोहो, मेलोमेसो जुट्नेछ । आज टाढाको यात्रा पनि सजिलै हुने देखिन्छ । मीष्ठान्न भोजन समेत मिल्ने देखिन्छ ।

 

कुम्भ – कुम्भ राशिका लागि आज स्वास्थ्य भरपर्दो नरहला । खाने पिउने मामलामा ज्यादै ख्याल गर्नु होला । पेट गड्बडीको सम्भावना बलियो छ । तपाईंका शत्रू जुनसुकै प्रकारले काम बिगारिदिने प्रयासमा छन् । आज खर्च गरेका, लगानी गरेका कामको भविष्य राम्रो छैन । काम शुरु नगर्नु नै बेस । खानपानमा विशेष सतर्क हुनुहोला ।

 

मीन – मीन राशि भएकाहरूका लागि आज पदीय प्रमोशन अथवा पैसा परिश्रम अनुसारको हात पर्ने समय रहेको छ । जग्गा, जमिन किन्न चाहनु हुन्छ भने आज अत्यन्त शुभ रहनेछ । पुराना छुटेका इष्टमित्रसँग भेट हुने मौका पनि पाउनु हुनेछ । विशेष गरी पश्चिम दिशाको यात्राले फाइदा मिल्नेछ । समयको राम्रो उपयोग गर्न सक्नु भएमा प्रगति छिटो गर्न सकिनेछ । समय शुभ रहे तापनि घरमा चोरी हुनबाट जोगाउनु होला।