क्रान्तिकारी माओवादीको कञ्चनपुर जिल्ला कमिटी बैठक सम्पन्न गर्दै संघर्षका कार्यक्रम घोषणा

फाइल फाेटाे

काठमाडौं,माघ ११। कञ्चनपुरमा नेकपा (क्रान्तिकारी माओवादी)को जिल्ला कमिटीको बैठक सम्पन्न भएको छ। आइतबार महेन्द्रनगरमा सम्पन्न बैठकका प्रमुख अतिथि पार्टीका पोलिटव्युरो सदस्य अनुकूलले गरेका थिए।

 

उनले भने वर्तमान सरकारको प्रतिगमनकारी कदमको  विरोधमा सबै जनता उठ्ने बेला भएकाे उनले बताएका छन्। अबको विकल्प भनेकाे एक मात्र क्रान्तिकारी माओवादी नै भएको उनले ठाेकुवा गरेका छन् ।

 

जसमा सच्चा क्रान्तिकारी पार्टीहरू क्रान्तिकारी माओवादीdf गोलबद्ध हुन उनले अबैमा आग्रह समेत गरेका छन्। जिल्ला सेक्रेटरी कैलाशको अध्यक्षतामा बसेको बैठकमा नेकपा (क्रान्तिकारी माओवादी) का सुदूरपश्चिम प्रदेश सेक्रेटरी चिन्तक, देशभक्त जनगणतान्त्रीक मोर्चा नेपालका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेश संयोजक शीतल अथिती रहेका थिए।

 

बैठकबाट जिल्ला पार्टीले सङ्घर्षका कार्यक्रम सञ्चालन गर्ने, नगर कमिटी, गाउाकमिटी विस्तार गर्ने, जन वर्गीय सङ्घठन निर्माण गर्ने र पार्टीका अन्य कार्यक्रम पनि सञ्चालन गर्ने निर्णय भएको सेक्रेटरी कैलासले जानकारी दिएका छन्।