यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं,माघ १५। हाल देशमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

महाशाखाका अनुसार हाल तराईका भू–भागमा बाक्लो हुस्सु–कुहिरो लागेको छ भने बाँकी भू–भागमा मौसम सफा रहेको छ ।

 

बिहीबार दिउँसो प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागहरुमा मौसम सामान्यतया सफा रहने महाशाखाको पुर्वानुमान रहेको छ ।

 

आज राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागहरुमा मौसम सफा रहनेछ ।