राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी

काठमाडौँ,माघ १९। सोमबार कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी भएको छ । राष्ट्रिय परीक्षा बोर्डले नतिजा सार्वजनिक गर्नका लागि बिहान १० बजे बोर्ड बैठक बोलाइएको छ ।

 

कोरोनाभाइरस महामारीका कारण गत मंसिर ९ गतेबाट कक्षा १२ को परीक्षा सञ्चालन भएको थियो ।शिक्षकले जथाभावी प्राप्तांक पठाउँदा कक्षा १२ को नतिजा प्रकाशनमा ढिलाइ भएको थियो ।

 

कार्यविधिमा तोकिएको सिस्टममा परीक्षा केन्द्रहरुबाट नम्बर नआउँदा लक्ष्यअनुसार नतिजा सार्वजनिक गर्न नसकिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको थियो ।