नेपालमा थप १ सय ३० जना कोरोना संक्रमण पुष्टि,कुन जिल्लामा कति थपिए संक्रमित

काठमाडौं,माघ २६। नेपालमा थप १ सय ३० जना कोरोना संक्रमण पुष्टि भएको छ। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७२ हजार ५५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये १ हजार ७ सय ४४ जना सक्रिय संक्रमित छन्।

 

पछिल्लो २४ घण्टामा ३ हजार ३ सय ३३ जनाको पिसिआर परीक्षण गर्दा १ सय ३० जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २० लाख ९६ हजार ७ सय ५० पुगेको छ।

 

पछिल्लो २४ घण्टामा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या २ हजार ४५ पुगेको छ। हाल ९२ जना क्वारेन्टाइनमा छन्।

 

पछिल्लो २४ घण्टामा १ सय ९४ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६८ हजार २ सय ६६ पुगेको मन्त्रालयले जनाएको छ।

 

यस्तै, देशभर हाल ८० जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। ६३ जना आइसियु र १७ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

कुन जिल्लामा कति थपिए संक्रमित

प्रदेश १ को खोटाङमा १ र सुनसरीमा २ जनामा कोरोना भेटिएको छ। प्रदेश २ को पर्सा र सर्लाहीमा १÷१ जनामा कोरोना पाइएको छ।

 

बागमती प्रदेशको काठमाडौंमा मात्र ४५ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा १, चितवनमा ११, दोलखामा १, भक्तपुरमा २ र ललितपुरमा ११ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

 

पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा १८, गोरखामा १, तनहुँमा १, नवलपरासी पूर्वमा ३ र स्याङजामा १ जनामा कोरोना पुष्टि भएको छ।

 

लुम्बिनी प्रदेशको गुल्मीमा १, दाङमा १, पाल्पामा १, बर्दियामा १, बाँकेमा १२, रुकुम पूर्वमा १, रुपन्देहीमा ५ र रोल्पामा १ जनामा कोरोना पाइएको छ।

 

पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशको सुर्खेत र कञ्चनपुरमा १÷१ जनामा कोरोना भेटिएको छ। सुदूरपश्चिम प्रदेशको कैलालीमा १, डोटीमा १, बाजुरामा १ र बैतडीमा २ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।