क्रान्तिकारी माओवादी काठमाडौं जिल्ला समितिको कार्टुन प्रदर्शनी तथा कोण सभा सम्पन्न

काठमाडौं,माघ २६। नेकपा (क्रान्तिकारी माओवादी) काठमाडौँ जिल्ला समिति अन्तर्गतको पश्चिम महानगर ईलाका समितिको आयोजनामा आइतबार बसन्तपुरमा कार्टुन प्रदर्शनी तथा कोण सभा सम्पन्न भएको छ।

कोण सभाका संचालक तथा पश्चिम महानगर ईलाका समितिका सेक्रेटरी दिनेश वार्तौलाले कार्यक्रम आयोजना गर्नुको आवस्यकता र कार्यक्रमको महत्व बारे प्रकाश पार्दै सुरु भएको कोणसभामा नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का केन्द्रिय सदस्य तथा काठमाडौँ जिल्ला ईन्चार्ज सरु र देजमो काठमाडौँका अध्यक्ष बन्धुदेव पाण्डेले समसामयिक राजनैतिक बिषयमा पार्टी र देजमोको धारणा राख्नुभएको थियो। साथै गौरी दाहालले समसामयिक कविता वाचन गर्नुभएको थियो।

कार्यक्रममा काठमाडौँ जिल्ला सेक्रेटरी अमर , नेवा रास्ट्रिय मुक्ति मोर्चाका केन्द्रिय उपाध्यक्ष गोर्की श्रेष्ठ लगायतका नेताहरुको पनि उपस्थिति रहेको थियो। कार्टुन प्रदर्शनी तथा कोण सभामा स्थानीय जनताहरूको अत्यन्तै उत्साह र चासोका साथ सहभागी भएको थियो।


स्मरणीय छ नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) काठमाडौँ जिल्ला समितिको पछिल्लो पूर्ण बैठकले पहिलो चरण एक महिनामा विकेन्द्रित ढंगले केहि निश्चित संगठनिक कार्ययोजना सम्पन्न गर्ने ,दोस्रो चरण अर्को एक महिना विकेन्द्रित ढगले नै संघर्षको केहि निश्चित कार्ययोजना सम्पन्न गर्ने र त्यस पश्चात जिल्लाको सबै विकेन्द्रित गतिविधिलाई फाल्गुन १ गते महान जनयुद्धको २६ औ वर्षगॉठमा केन्द्रित गरेर महान जनयुद्ध दिवस भव्य ढंगले मनाउने निर्णय गरेको थियो।

 

सोहि अनुसार पहिलो चरणको सांगठानिक कार्ययोजना सफलतापुर्वक सम्पन्न गरेपश्चात जिल्लाको सचिवालयको बिस्तारित बैठक आयोजना गरि संघर्षको विकेन्द्रित योजना ठोस गरेर त्यसलाई जिल्लाका सबै नगर र महानगरमा कार्यन्वयन गर्न काठमाडौँ जिल्ला पार्टी दृढता पुर्वक लागिरहेको छ।